अस्ट्रेलियासँगको दोस्रो एकदिवसीयमा न्युजिल्यान्ड ८२ रनमै अलआउट

काठमाण्डाै – अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डले लज्जास्पद हार बेहोरेको छ । 

क्विन्स्ल्यान्डमा अस्ट्रेलियाले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ८२ रनमा अलआउट भयो । उसका लागि केन विलियमसनले १७, मिचेल सान्टनरले १६, मिचेल ब्रेसवेलले १२ र ड्यारेल मिचेलले १० रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पाले पाँच, मिचेल स्टार्क र सिएन एबटले दुई/दुई तथा मार्कुस स्टोनिसले एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले स्टिभेन स्मिथको ६१, मिचेल स्टार्कको ३८ र ग्लेन म्याक्सवेलको २५ रनकाे मद्दतमा एक सय ९५ रन बनाएको थियो । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले चार, म्याट हेनरीले तीन तथा टिम साउथी र मिचेल सान्टनरले एक/एक विकेट लिए । जितसँगै तीन खेलको शृङ्खला अस्ट्रेलियाले जितेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button