दार्चुलामा बाढी पहिरोः दुईको मृत्यु, दुई दर्जन बढी घरमा क्षति ५ जना बेपत्ता

दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले नौगाड गाउँपालिका– १ सल्ला भन्ने ठाउँमा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्ना र सोही ठाउँकी मोती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा नौगाड गाउँपालिका –२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की बेपत्ता छन् । नौगाडको सल्लामा पहिरोका कारण ८ घर पुरिएका छन् । पहिरो पन्छाउन सुरक्षाकर्मीसहितको टोली अहिले घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ । यता दार्चुला सदरमुकामस्थित महाकाली र लास्कु नदीमा आएको बाढीले १४ घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जगत मगरका अनुसार अविरल वर्षाले नदीहरूमा बाढी आएपछि सदरमुकामका ४ जना बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ । जोखिममा रहेका स्थानीय र उनीहरुका सरसमानलाई सुरक्षित ठाउँमा राख्ने काम भइरहेको प्रहरी निरिक्षक मगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button