एसिया कप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दै

काठमाण्डाै – एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् ।

खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुबई इन्टरनेशनल मैदानमा सुरु हुनेछ ।

श्रीलङ्का सुपर चारमा अपराजित रहँदै फाइनल पुगेको हो । पाकिस्तान भने सुपर चारमा श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो । पछिल्ला पाँच टी–२० खेलमा श्रीलङ्का ४ र पाकिस्तान एक खेलमा विजयी भएको छ ।

गएको ११ गतेदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता भारतसहित पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, हङकङ र बङ्गलादेश सहभागी थिए । समूह ‘ए’ बाट पाकिस्तान र ‘बी’ बाट श्रीलङ्का शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button