अरिङ्गालको टोकाईबाट घाईते रावलको उपचारका क्रममा मृत्यु

मङ्सिर १७ अछाम

अछामका सामाजिक अगुवा गोकर्ण रावलको निधन भएको छ ।

अरिङ्गालको टोकाईबाट घाईते हुनु भएका रावलको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।

अरिङ्गालको टोकाईबाट शक्त घाईते हुनु भएका रावललको काठमाडौंस्थित ग्राण्डि अस्पतालमा उपचारका क्रममा बुधवार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ निवासी ४८ वर्षीय सामाजिक अभियन्ता रावललाई यही मङ्सिर २ गते घर नजिकै अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाईबाट गम्भीर घाइते हुनुभएका रावललाई उपचारका लागी बयालपाटा अस्पताल भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि सेती अस्पताल धनगढीमा र त्यहाबाट हेलिकप्टर मार्फत काठमाडौं लगी उपचारका लागी ग्राण्डि अस्पताल काठमाण्डौमा भर्ना गरिएको थियो ।

सामाजिक अभियन्ता गोकर्ण रावल गैर सरकारी संस्था मालिका विकास संघमा आबद्ध हुनुहुन्थ्यो।

रावलको दाह संस्कार बिहिवार बिहान स्थानीय कैलाश खोलामा गरिने वडा अध्यक्ष लाल कामीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button