मंसिर १७ अछाम । अछाममा बुधवार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलवजार नगरपालिकाकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३४ जनाको स्वाव परिक्षण गरिएकोमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार कोरोना पोजेटिभ हुनेमा बुडीगंगा नगरपालिकामा ५ जना, साँफेबगर नगरपालिकामा ४ जना, मंगैलसेन नगरपालिकामा ३ जनामा कोरोना पुष्टि भएको बताए । यस्तै कमलबजार, चौरपाटी, दुल्लु, बान्निगढी जयगढमा पनि १/१ जनामा कोरोना पुष्टि भएको उनले बताए ।
112