
वाक नेपालकाे सामाजिक लेखा परिक्षण रेडियोबाट गरियो
आनन्द साउद, भदौ ३०, अछाम : पहुँच र सिर्जनाका लागि सहकार्य (वाक) नेपाल अछामले सामाजिक लेखापरिक्षणका लागि रेडियोलाई रोजेको छ ।
संस्थाले आर्थिक बर्ष २०७८÷७९ को सामाजिक लेखापरिक्षण प्रत्यक्ष प्रशारण सहित सम्पन्न गरेको छ ।
अछामको सामुदायिक रेडियो रेडियो रामारोशनबाट प्रत्यक्ष प्रशारण मार्फत आफुले गत आर्थिक बर्षमा गरेको कामको सामाजिक लेखापरिक्षण गरेको हो ।
जिल्लाका सरोकारवाला, लाभान्वित समुदाय, साझेदार निकायका प्रतिनिधिको सहभागिता सहित सामाजिक परिक्षण गरेको रेडियो रामारोशन एफएम अछामले जनाएको छ ।
संस्थाले विभिन्न ८ परियोजना मार्फत अछाम र डोटीका १७ स्थानीय तहमा विभिन्न परियोजना मार्फत ११ करोड २९ लाख ९३ हजार ६ सय ६५ बजेट सदुपयोग भएको वाक नेपालका अध्यक्ष बल बहादुर केसीले बताउनु भयो ।
सरोकारवाला, लक्षित समुदाय तथा साझेदार निकायले वाक नेपालले शुसासन, पारदर्शीता तथा समन्वयमा महत्वपूर्ण काम गरिरहेको बताएका छन् ।