
अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिकाले अनुदानमा गहुँको बीउ वितरण गर्नेभएको छ । पालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्ने भएको हो ।
गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०७९÷०८० को बार्षिक स्वीकृत समानीकरण कृषि विकास कार्यक्रम अन्तर्गत अनुदानमा गहुँको उन्नत बीउ बिजन वितरण गर्न लागएिको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झनक प्रसाद रेग्मिले जानकारि दिनुभयो ।
इच्छुक व्यवसायिक कृषक, कृषि फर्म, कृषक समूह तथा कृषि सहकारीहरुले असोज १४ गते सम्म निवेदन दिसक्नुपर्ने छ ।
पालिका किसानहरुले आफुलाई आवश्यक पर्ने गहुँको उन्नत बीउ बिजनका लागि गाउँपालिकाको कृषि विकास शाखा र सम्बन्धित वडा कार्यालयमा निवेदनका साथै माग पेश गर्न आग्रह गरिएको छ ।
यसबारेमा थप बुझ्नका लागी कृषि विकास शाखामा सम्पर्क गर्न पनि गाउँपालिकाले जारि गरेको सुचनामा भनिएको छ ।
