
टेकराज भण्डारी, अछाम : नेकपा (एकीकृत समाजवादी) अछामका अध्यक्ष सहितका नेताहरु नेकपा एमालेमा फर्किनुभएको छ । आज एमाले पार्टी मुख्यालय च्यासल काठमाण्डौँमा एकीकृत समाजवादी अछामका अध्यक्ष हिरण्ड भट्टराई सहितका नेता एमालेमा प्रवेश गर्नुभएको हो ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टराई सहित करिब १५ जना जिल्ला कमिटी सदस्यहरु एमालेमा प्रवेश गर्नुभएको एमाले अछामका ईन्चार्ज तथा केन्द्रीइ सदस्य झपट बोहराले बताउनु भयो ।
एमाले महासचिव शंकर पोखरेल, सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट, नेता कर्ण थापा लगायतले स्वागत गर्नुभएको हो ।
तुली धामी, सज्जन धामी, लक्ष्मी भटट्राइ, भुपेन्द्र बुढा, कल बहादुर रावल, गोविन्द रावल, देवेन्द्र बुढा, देबकला चलाउने, बम रावल, टेक बहादुर साउँद, शंकर भट्टराई, रम्भा खड्का, पूर्ण विक, बुद्धि बुढा, नरिभाने भुल, खकिन्द्र साउँद, ज्वाला रावल, डम्बर रावल, पवित्रा भण्डारी, हिरासिंह बोहरा, नारद खत्री लगायत २४ जना एकीकृत समाजवादी परित्याग गर्दै एमाले प्रवेश गर्नुभएको हो । यसबाट आफ्नो पार्टी अछाम जिल्लामा अझैँ मजबुत हुने एमाले जिल्ला अध्यक्ष चन्द्र बोहराको भनाई छ ।
पार्टी प्रवेश गरेपछि उहाँले जनताको हक, अधिकार, राष्ट्रियता तथा जनजिविकाका लागि एमाले पार्टी नै उत्कृष्ट रहेको भान भएपछि आफु मुल घरमा फर्किएको बताउनुु भयो । हाल एकीकृत समाजवादी आफ्नो विचार र सिद्धान्तबाट अलग हुँदै गएको र नेता कार्यकर्ता समेत टिक्न मुस्किल रहेको उहाँको भनाई छ । यसबाट कम्युनिष्ट आन्दोलनलाई नै क्षति हुने भएकाले उहाँले एमाले छोडेर अन्त गएकालाई मुल घरमा फर्किन आग्रह गर्नुभयो ।
सो अवसरमा एमाले महासचिव पोखरेलले विभाजनका कारण एमालेमा तात्विक असर नपरेको स्थानीय तहको निर्वाचनमा देखिएको भन्दै अब आउने निर्वाचनमा एमालेलाई बहुमतमा पुर्याउनुुपर्ने बताउनु भयो । अब बाटो विराएका सबै नेता कार्यकर्ताले सही बाटो रोज्न उहाँको आग्रह छ ।
गठबन्धनले गरिरहेका हरेक नराम्रा काम जनताले बुझेका र त्यसको सही जवाफ मंसिर ४ मा दिने उहाँको दाबी छ । एमालेले ल्याएका विकासका योजना र एजेण्डा नै एमालेका सम्पत्ति रहेका र जनताले सधैँ त्यसको मूल्यांकन गरिरहने पोखरेलको भनाई छ ।
विकास र समृद्धि चाहने हरेक नेपालीले अबको निर्वाचनमा एमालेलाइ भोट हाल्ने महासचिव पोखरेलको दाबी छ ।