मंगलसेन नगरपालिका एक हप्ताको लागि शिल

मंसिर 20 अछाम
 
अछामको मंगलसेन नगपालिकामा अस्वभाविक तरिकाले कोरोना संक्रमितको सख्या वढ्दै गएकोपछि भोलिबाट मंगलसैन नगरपालिकालाई शिल गरिएको छ ।

दैनिक रुपमा वजार हुने हिड्डुलका कारण जोखि बढ्दै गएपछि नगरपालिका अत्यावश्यक सेवा वाहेक सम्पूर्ण कामकाज बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी द्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस्तै सम्पुर्ण वजार, शैक्षिक संस्था, वित्तिय संस्थाहरु पनि एक हप्ताको लागि बन्द गरिएको छ ।

खाद्यान्यका पसल, तरकारीका पसल र दुध डेरी विहान ७ देखि १० वजे सम्म खुल्नेछन् ।

यस्तै नगरपालिकामा पिसिआर परिक्षणको व्यवस्था मिलाएका कारण कोरोनाको लक्षण देखिएका व्यत्तीहरु लाई परिक्षण गर्न नगरबासिमा आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button