
अछामका बाढीपीडितलाई लुंग्रेली समाजद्धारा सहयोग
बिक्रम परियार, अछाम : लुंग्रेली एकता समाजद्वारा अछामका बाढीपीडितहरुलाई आर्थिक सहयोग गरिएको छ ।
यहि भाद्र ३१ गते जिल्लाको ढकारी, तुर्माखाद, कमलबजार क्षेत्रमा परेको अबिरल वर्षा संगै आएको बाढि पहिरोमा परी ज्यान गुमाएका परिवारलाई २५ हजार पाँच सय पच्चीस रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
रोजगारी र अन्यकामको शिलशिलामा भारत तथा तेस्रो मुलुकमा रहेका लुंग्रेली समाजका पदाधिकारीहरुले अछामका प्रमुख जिल्ला अधिकारी मार्फत बाढीपीडितहरुलाई उक्त रकम प्रेस चौतारी अछामका अध्यक्ष टेकबहादुर थापा मार्फत हस्तान्तरण गरिएको हो ।
उक्त आर्थिक सहायताले केही हतमा भएपनि पिडितलाई महलम लगाउन सहयोग पुगोस भन्ने हेतुले सहयोग गरिएको लुंग्रेली एकता समाजका केन्द्रिय अध्यक्ष मीन बहादुर खड्काले जानकारी दिनुभएको छ ।
उहाँले जिल्लाको चौरपाटी गाउँपालिका वडा नं ५ घर भई हाल देश तथा बिदेशका विभिन्न ठाउँमा रहेका दाजुभाईहरुको सानो सानो सहयोगले अहिले जिल्लामा बिपतजन्य घटना, आर्थिक अबस्था कमजोर भएका बालबालिका र दिर्घरोगीहरुको औषधि उपचार खर्च लगाएका कार्यमा लुंग्रेली एकता समाजले सहयोग गर्दै आईरहेको समेत जानकारी दिएका छन ।
२०७७ साल कार्तिक ९ गते घटस्थापनाको दिनमा गठन गरेको समाजले चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रा पुर्खेउली घर भई हाल देश तथा बिदेशका बिभिन्न ठाउँमा कर्मथलो बनाई छहरिएर रहेका दाजुभाइहरुलाई एकीकृत गर्दै समाजमा भएका बिकृती बिसङ्गति बिरुद्ध आवाज उठाउने र समाजलाई अझै दृढताका साथ अगाडि बढाई गरिव, दुखि, अन्यायमा परेकाहरुलाई न्यायको अनुभुती दिलाउन लुंग्रेली समान गठन गरिएको समितिका सदस्य नबिनजंग कार्किले बताएका छन ।