अछाममा ३ जनाद्धारा उम्मेद्धारी फिर्ता

२ प्रतिनिधि सभामा ११ जना, ४ प्रदेश सभामा १० जना उम्मेद्धार

टेकराज भण्डारी, २०७९, असोज २६ गते

अछाम,

अछाममा ३ जना उम्मेद्धारले उम्मेद्धारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले उम्मेद्धारी फिर्ता लिन दिएको समय बुधबार दिउसो १ बजेसम्म जिल्लाका ३ जनाले मनोनयन दर्ता गरेकाले उम्मेद्धारी फिर्ता लिनुभएको हो ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा उम्मेद्धारी दिएर फिर्ता लिनेमा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्धार जगत बहादुर रावल रहनुभएको छ । यस्तै सोही क्षेत्रको प्रदेश सभा (क) मा मनोनयन दर्ताभएका बिक्रम कुँवरले उम्मेद्धारी फिर्ता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा खेमराज पुुनमगरले जानकारी दिनुभयो ।

अछाम क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेद्धारी दिनुभएका बमबहादुर बिसीले पनि उम्मेद्धारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा कमल प्रसाद ढुंगानाले जानकारी दिनुभयो । मनोनयन दर्ता बाँकी सबै उम्मेद्धारको मनोनयन कायम भएको र स्वतन्त्र उम्मेद्धारलाई निर्वाचन चिन्ह प्रदान गरिएको नयाब सुब्बा ढुंगानाले बताउनु भयो ।

अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा ६ जना र क्षेत्र नम्बर २ मा ५ जनाको उम्मेद्धारी कायम भएको छ ।

जस अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा नेकपा एमालेका झपट बहादुर बोहरा, गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका शेर बहादुर कुुँवर, हाम्रो नेपाली पार्टीका तेज प्रसाद शर्मा, स्वतन्त्र उम्मेद्धार राजन कुँवर, महेन्द्र बहादुर बोगटी र हिक्मत कुँवर रहेका छन् ।

यस्तै अछाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका यज्ञ बहादुर बोगटी, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पुष्प बहादुर शाह, नेपाल मजदुर किसान पार्टीका झंकर बहादुर शाही, राप्रपका मीन बहादुर शाही र स्वतन्त्र चन्द्र प्रसाद ढुंगानाको उम्मेद्धारी कायम भएको छ ।

अछाम क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा नेकपा एमालेका देब बहादुर कुँवर र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेघराज खड्का तथा प्रदेश सभा (ख) मा नेकपा एमालेका कृष्ण प्रसाद जैसी तथा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका झपट बहादुर साउँद उम्मेद्धार कायम रहनुभएको छ ।

अछाम क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा नेकपा एमालेका भीम बहादुर बिष्ट, र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अक्कल रावल तथा प्रदेश सभा (ख) मा नेकपा एमालेका शिबप्रसाद उपाध्याय, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मान बहादुर रावल, राप्रपाका दिपकबहादुर विष्ट र स्वतन्त्र नृप बहादुर विष्ट अन्तिम उम्मेद्धार कायम रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button