समृद्ध अछाम निर्माणमा सचेत मतदाता एमालेको पक्षमा छन् : नेता बोगटी

चन्द्र प्रसाद भाट, असोज २९ अछाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता पश्चात नेकपा एमाले अछामले प्रचारप्रसारको काम सुरु गरेको छ । आगामी मङ्सिरमा हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन उम्मेदवार हरू यतिखेर गाउँ केन्द्रित भएका हुन ।  अहिले विभिन्न पार्टीका उम्मेदवार हरू मतदाता समक्ष मत माग्न घरदैलो गरिरहेका छन । 

शनिबार कमलबजार नगरपालिका वडा नम्बर ६ विरपथमा कार्यकर्ता भेटघाट तथा घरदैलो अभियानका क्रममा नेकपा एमालेको तर्फबाट अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका एमाले केन्द्रिय सदस्य एवं अछाम सहइन्चार्ज यज्ञ बहादुर बोगटीले निर्वाचन क्षेत्र नम्बर २ को समृद्धिका लागि जनताले सूर्यमा मतदान गर्नुपर्ने बताउनुभएको छ ।

अछाम क्षेत्र नम्बर २ मा अझैपनि थुप्रै समस्या हरू अझै विद्धमान रहेकाले ती समस्याको समाधानका लागि जनताले एमालेको सरकार चाहेकाले सबै मतदाताले सूर्यमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । युवाहरू बेरोजगार भई दैनिक बिदेसिनुपर्ने बाध्यता कायमै रहेकाले यो अवस्थाको अन्त्य गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको उनले बताए । जिल्लामा आधिकांश समुदायका नागरिकहरू अव्यवस्थित बसोबास गरिरहेका भन्दै उनीहरूको व्यवस्थापनका लागि आफूले काम गर्ने उहाँको भनाई छ । जिल्लाका प्रत्येक पालिकाहरूमा ग्राम उद्योगहरू स्थापना गरि युवाहरूलाई स्वरोजगार बनाउने स्पस्ट्र  धारणा आफूहरूको रहेको उनको भनाई छ । 


जिल्लाको शिक्षा ,स्वास्थ्य,कृषि सिचाइ ,खानेपानी,यातायात,संचार,विधुत,खेलकुद लगायतका क्षेत्रमा यसअघि पनि आफूले महत्त्वपूर्ण कामको सुरुवात गरेको भन्दै नेता बोगटीले उक्त कामहरूलाई परिपूर्ति गर्न एमालेलाई जनताले मतदान गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाका मुख्य व्यापारिक केन्द्रहरूलाई शहरीकरण गर्नका लागि पनि आफूले पहल गर्ने बोगटीको भनाई छ । कार्यक्रममा निवर्तमान सांसद बोगटीले बालकदेखि जेष्ठ नागरिकसम्मको सर्वाङ्गीण विकासका लागि सूर्यमा मतदानको विकल्प नरहेको समेत बताउनुभयो । 

कार्यक्रता  भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा (ख) का उम्मेद्वार शिव प्रसाद उपाध्यायले सुखी नेपाली समृद्ध नेपालको सपना पुरा गर्न एमालेको सरकार आवश्यक रहेको बताउनुभयो । जनताले पनि मंसिर ४ पछि एमालेको सरकार चाहेका भन्दै उहाँले सबै सचेत मतदाताहरूले सूर्यमा मतदान गर्नेमा आफू विश्वस्त रहेको बताए । हरेक क्षेत्रको प्रभावकारी विकासका लागी जनताले सूर्यलाई नै रोज्ने प्रतिक्रिया दिनुभयो ।

कार्यक्रता भेटघाट कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार यज्ञ बहादुर बोगटी, प्रदेशसभा सदस्य पदका उम्मेदवार शिव प्रसाद उपाध्याय, एमाले अछामका उपाध्यक्ष बल बहादुर कुँवर, कमलबजार नगर कमिटी अध्यक्ष खेमराज जैशी, एमाले अछामका जिल्ला कमिटी सदस्य सिद्ध प्रसाद ढुंगाना, दुर्गा प्रसाद बजगाईँ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं केन्द्रिय सदस्य नर बहादुर रावल, अनेरास्ववियुका स्थाई कमिटी सदस्य कमल ढुंगाना, कमलबजार नगरपालिका वडा नः ६ का वडा अध्यक्ष लाल बहादुर शाह, लगायत स्थानीय नेता तथा कार्यक्रताको सहभागिता रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button