पुरुष १० हजार मिटर दौडमा आर्मीका दीपकलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

३० असोज, पोखरा । पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । आइतबार बिहान सम्पन्न दाैडमा दीपकले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते ।

उनले सन् २०१४ काे एसियन गेम्समा गाेपीले बनाएकाे ३० मिनेट ३०.९९ सेकेण्डकाे कीर्तिमान ब्रेक गरे । यसअघि कीर्तिमान राखेका गाेपीले रजत जिते । उनले ३० मिनेट ३८.३२ सेकेण्डमा पूरा गरे ।

आर्मीका गजेन्द्र राईले निर्धारित दुरी ३० मिनेट ४९.५० सेकेण्डमा पूरा गर्दै कास्य जिते । www.onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button