कृषी पर्यटन तथा साँस्कृतिक मेला महोत्सब २०७९ कमलबजारमा हुने

अछाम : दोस्रो कृषी पर्यटन तथा साँस्कृतिक मेला महोत्सब २०७९ कमलबजारमा हुुने भएको छ । जिल्लाको मुुख्य व्यापारिक केन्द्र मध्येको एक कमलबजारमा यहि कार्तिक ३ गते देखि १२ गते सम्म महोत्सब संचालन हुुने भएको हो ।

नगर बिकासको आधार, कृषी पर्यटन र व्यापार भन्ने मुुल नाराका साथ दोस्रो कृषी पर्यटन तथा साँस्कृतिक मेला महोत्सब २०७९ संचालन गरिने आयोजकले जनाएको छ । कमलबजार नगरपालिकाको समन्वय तथा कमलबजार बिकास पर्वद्धन समिती कमलबजार प्रबद्र्धक रहने गरि महोत्सब संचालन गरिने सुुदुरपश्चिम मेला महोत्सब समिती संयोजक बिकास थापाले जानकारी दिनुुभयो ।

महोत्सबमा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल, विराज भट्ट, लोक दोहोरी गायक तथा मोडल रामजी खाँण, गायिका ज्योती मगर, लोक देउडा गायिका रेखा जोशी, गायिका एलिना चौहान, रचना रिमाल, गायक टंक तिमिल्सैना, लोक देउडा गायक लाल बहादुुर धामी अछामी बड्डो, गायक रोशन सिंह, गोपाल नेपाल जिएम, सज्जन धामी, निरुता खत्री लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय र स्थानिय स्तरका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुुती रहने संयोजक थापाले जानकारी दिनुुभयो ।

महानायक हमाल लगायतका चर्चित कलाकारको प्रस्तुुतीले यसपालीको मेला–महोत्सब अझ रमाईलो हुुने पनि आयोजकले जनाएको छ । चेतना जन–जागरण युुवा क्लब कमलबजारको आयोजनामा हुुने महोत्सबको संचालक सुुुरेन्द्र साउद र सृृजना क्षेत्रीले गर्ने जनाईएको छ ।

तयारी तिब्र पारिदै
महोत्सबको मिती नजिकिए संगै स्टेज व्यवस्थापन लगायत अन्य तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । नगर बिकासको आधार, कृषी पर्यटन र व्यापार लाई बिशेष गरि लक्षित गरि आयोजना गरिन लागीएको यस महोत्सबलाई सभ्य र भब्य रुपमा सफल पार्न सम्बन्धीत सरोकारवाला लाई संयोजक बिकास थापाले अनुुरोध गर्नुुभएको छ ।

साथै महोत्सबको बारेमा थप जानकारीका लागी सुुदुरपश्चिम मेला महोत्सब समिती संयोजक बिकास थापालाई ९८६५८६४५१३ मा सम्पर्क गर्न सकिने पनि बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button