पालिका स्तरीय परियोजना परिचयात्मक बैठक मेल्लेखमा सम्पन्न

मंगलसेन – अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय परियोजना परिचयात्म बैठक सम्पन्न भएको छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित वाक नेपाल एकीकृत उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना र आस्था नेपालको बाल संरक्षण तथा बाल स्पोनसरसिप परियोजना अन्तर्गत परियोजनाले आगामि बर्ष २०२३ मा गर्ने क्रियाकलाप बारे परियोजना परिचयात्मक बैठकमा जानकारी गरएको छ ।

बैठकमा अस्था नेपाल मार्फत बाल संरक्षण बाल स्पोनसरसिप परियोजना अन्तर्गत मेल्लेखको ८ वटै वडा मा  सुरक्षित सम्मानित ,ससक्त बालबालिका बनाउने उदेश्यका लागि १ करोड ३३ लाख भन्दा बढिको बजेट अस्था नेपाल परियोजना अधिकृत तपेन्द्र ठकुल्लाले सार्वजनिक गर्नु भएको थियो ।

यस्तै वाक नेपालद्वारा एकीकृत उत्थानशि जिकिकोपार्जन तथा पोषण परियोजना अन्तर्गत जोखिम तथा विपन्न परिवारको जिविकोपार्जन, व्यावसाय संचालन सीप बिकास सहयोग, सामाजिक न्यायको लागि १ करोड ११ लाख भन्दा बढिको अनुमानित बजेट वाक नेपाल कार्यक्रम व्यावस्थापक चेतराज जोसिले सार्वजनिक गर्नु भएको थियो ।

मेल्लेख गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिलकबहादुर कडायतको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएको थियो । साउदले यस अघि पनि  वल्र्ड भिजनको साझेदारीमा आस्था नेपाल र वाक नेपालले मेल्लेख गाउँपालिकाको समन्वयमा थुप्रै क्रियाकलाप संचालन गरि प्रभावकारी कार्यनयन भएको भन्दै संस्थालाई धन्यवाद दिनुभएको छ ।

आगामि दिनमा पनि पालिकाको समन्वयमा मेल्लेखमा रहेको ग्राम उद्योग संगै जोडेर व्यावसाय संचालन र अन्य क्रियाकलापसंग सगै जोडेर लैजानुपर्नेमा जोड दिनुभएको दिनु भयो  ।

बैठकमा वाक नेपाल संचालक समितिका महासचिव अवसरा कुवरले मेल्लेख गाउँपालिकाको समन्वयमा संस्थाले गर्ने हरेक क्रियाकलाप यो बर्ष पनि प्रभावकारी रुपामा कार्यनयन गरिने बताउनु भएको छ । बैठकका सहभागीहरुले संस्थाले गरेको कामको स्थानीय तहबाट पनि अनुगमन हुनुपर्ने कुरामा जोड दएको थिए । यस्तै महिला तथा बालबालिका शाखालाई १ थान ल्यापटप पनि हस्तान्तरण गरिएको थियो ।

बैठमा परियोजना अधिकृत गोपि सिंह नेपाली, अनुगमन अधकृत हर्क खडका, आस्था नेपाल फिल्ड अधिकृत भ्वानसिह सार्की लगायत समाजिक परिचालकहरुको उपस्थित रहेको थियो । बैठकको संचालन वाक नेपाल कार्यक्रम सयोजक जगत रावलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button