तालिका नविनको १० रोपनीमा लटरम्म फलेको “किवी”

होम साउद/शंकर थापा, अछाम ७ कार्तिकः रामारोशन गाउपालिका वडा नम्वर १ मलातिकोट, तालिमा किवी खेति फस्टाएको छ ।  स्थानीय युवा कृषक नवीन साउदले गरेको किवी खेती लोभलाग्दो तरिकाले उत्पादन भएको हो ।

१० रोपनी जमिनमा लगायएको किवी खेती यस वर्ष प्रसस्तै मात्रामा उत्पादन भएको छ । नविनको बारीमा ८५ वटा किवीका बिरुवाबाट उत्पादन भईरहेको छ भने २ वर्ष अगाडि रोपेका ३ सय बिरुवा मध्ये १ सय ८० बिरुवा आगामी वर्षबाट उत्पादन दिने गरि तयार भइसकेका छन ।

५ वर्ष अघि १०० बिरुवा लगाएका उनको बारिबाट ८५ बिरुवाले २ वर्ष अघि देखी उत्पादन दिईरहेका छन । किवी उत्पादन भएको पहिलो वर्षमा ६० हजार आम्दानी गरेकोमा गत वर्ष  १ लाख २० हजारको किवी बिक्रि गरेको उनले सुनाए । यस वर्ष भने करिब ३ लाखको किवी बजार पठाउँने नविनको योजना छ ।

रहरलाग्दो गरि किवी खेतीमा रमाईरहेका युवा कृषक साउदका अनुसार यो वर्ष बारिमा १० कुईन्टल बढी किवी फलेको छ । किवी खेतिका लागि प्रत्येक ८ पोथि बिरुवा बराबर १ भाले बिरुवा रोप्नुपर्छ । बारिमा बेला बेलामा मलखाद र काँटछाँट गर्नुपर्छ । बिरुवा रोपेको तेस्रो वर्षबाट फल्न सुरु हुने किवीबाट वर्षौ सम्म लाभ लिन सकिने नविनको विश्वास छ ।

“अवको एक महिना (मंसिर) भित्र बारिको किवी बजार पठाउन योग्य भैसक्छ” नविनले भने – “भण्डारण र बजारको उचित व्यावस्था नहुँदा थप लगानी गर्न र व्यावसाय विस्तार गर्न अप्ठेरो भएको छ ।” स्थानीय सरकार लगायत सम्वन्धित निकायबाट सकारात्मक सहयोग गरेमा आगामि दिनमा यसलाई बृहत बनाएर व्यावसायीकतालाई थप विस्तार गर्ने उनको योजना छ ।

आफुले किवीको नर्सरी बनाउँने प्रयास गरेपनि सफल भईनसकेको उहाँको भनाई छ । उनले ओखरका बिरुवा भने उत्पादन गरेर बिक्रि गर्ने गरेका छन । कृषिबाटै समृद्धि सम्भव रहेको बताउँदै उहाँले युवाहरु मेहनती र लगनशिल भएर कृषि कर्म गर्न सके आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताउनुभयो ।

गाउँपालिका र कृषि ज्ञान केन्द्रको साथः

अछाममा नयाँ फलको रुपमा रहेको किवी खेतीका लागि रामारोशन गाउपालिका अनुतरगत ग्रामिण जलश्रेत व्यवस्थापन परियोजनाको फलामे ट्रष्ट तथा कृषि ज्ञान केद्रको बिरुवा अनुदान प्राप्त गरेका नविनले बाँकी स्व लगानी गरेका छन । राम्रो हुने देखेपछी उनले किवी खेतीलाई व्वसायीक रुपमा विस्तार गरेका हुन ।

उनी केही वर्ष अघि डडेल्धुराको किवी बारिको अवलोकन गर्न गएका थिए । “देखेकै भरमा किवी खेतीको सुरुवात गरियो, राम्रो उत्पादन हुन थालेपछी अहिले त अरुले पनि किवी माष्टर नै भन्छन” – नविनले हास्दै भने ।

नविन मात्र होईन अहिले मलातिकोटको तालीमा किवी खेतीको कृषक समूह नै छ । नविन साउँद सहित त्यहाका ७ जना युवाहरु मिलेर किवि खेती कृषक समूह निर्माण गरि किवी खेति गरिरहेका छन । स्थानीय युवाहरु बम बहादुर साउँद, तारा साउद, कटक साउँद, लाल बहादुर साउँद, महेन्द्र साउँद र मीन बहादुर साउदले लगाएको किवीका बिरुवा पनि केही वर्षमै फल्ने तयारीमा छन ।

रामारोशन गाउँपालिका वडा नम्वर १ मलातिकोटका अध्यक्ष चक्र बहादुर साउँदले पनि आफुहरुले कृषिलाई प्राथमिकतामा राखेको बताए । हरेक नागरिकले कृर्षिमा आत्मनिर्भर बन्नुपर्छ भन्ने आफ्नो बिगत देखीको धारणा रहेको भन्दै अध्यक्ष साउदले नविन र अन्य युवाहरुले गरेको कृषि कर्मको प्रशंशा समेत गरे ।

“बढीभन्दा बढी उत्पादन भएमा कोल्ड स्टोरका लागि गाउँपालिका र प्रदेश तथा संघिय सरकारमा पनि पहल गर्न सकिन्छ”, अध्यक्ष साउदले भने – “अन्य जातका फलफुल खेती र तरकारी तथा पशुपालनका लागि स्थानीय सरकारबाट प्रोत्साहन गर्न सकिन्छ ।”

किवी फलको महत्वबारे पर्याप्त जानकारी नहुँदा किसान उत्साहित हुन सकेका छैनन । अछाममा बजारको पनि समस्या रहेको युवा कृषकहरुको भनाई छ ।

जिल्लामा कोल्ड स्टोर नहुँदा फलफुल तथा तरकारी र बिउँ भण्डारणको समस्या रहेको वडा अध्यक्ष साउदको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button