राेल्पा : मामाघर हिँडेका युवककाे भिरबाट लडेर ज्यान गयाे

दाङ – रोल्पाकाे गङ्गादेव गाउँपालिका ५ झाँक्रीसल्लामा मामाघर हिँडेका एक युवकको भिरबाट लडेर ज्यान गएको छ । 

ज्यान गुमाउनेमा रोल्पाको गङ्गादेव गाउँपालिका वडा नम्बर ७ आराखाेलाका २२ वर्षीय अम्मर विक रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । मामाघर हिँडेका विककाे हिजाे मङ्गलवार बेलुका साढे ६ बजेकाे समयमा भिरबाट लडेर ज्यान गएकाे प्रहरीकाे भनाइ छ । 

घरबाट मामाघर हिँडेका विककाे भिरबाट खसेर घटनास्थलमै ज्यान गएकाे प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button