
कैलालीको चौमाला बजारमा आगलागी, ४ पसल जलेर नष्ट
धनगढी: कैलालीको गौरीगंगा नगरपालिका-१ स्थित चौमाला बजारमा आगलागी भएको छ। प्रहरीका अनुसार शनिबार साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा आगलागी भएको हो।
प्रहरी र म्यादि प्रहरी समेतको टोलीले स्थानीयको सहयोगमा आगो निभाउने कार्य गरिरहेको बताइएको छ। विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। त्यस्तै, धनगढी उपमहानगरपालिकाको दमकल पनि आगो निभाउनका लागि पठाइएको उपमहानगरले जनाएको छ। dineshkhabar.com