नवलपरासी – नवलपुरमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन्।
गोरखाको मनकामना मन्दिर दर्शन गर्ने यात्रु बोकेर पाल्पाको हुँगीबाट छुटेको ना ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिकामा दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले उज्यालोलाई जानकारी दिनुभयो ।
बसमा रहेका २९ जनामध्ये पाँच जनाको घटनास्थलमै ज्यान गएको र घाइते २४ जनालाई उपचारका लागि चितवन पठाइएको पनि उहाँले जानकारी दिनुभयो । बिहान ४ बजे दुघर्टना भएकाले उद्धारमा केही ढिलाइ भएको थियो।