देश बनाउने स्पष्ट भिजन एमालेसँग मात्रै भएको प्रदेशसभाका उम्मेदवार बिष्टको दाबी

मंगलसेन – नेकपा एमालेका केन्द्रिय सदस्य एवम अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार यज्ञ बहादुर बोगटीले आगामी निर्वाचनमा एमालेले हारेमा देश हार्ने भएकोले राष्ट्रियता बचाउन र देशको विकास गर्न एमालेलाई जिताउनुपर्ने बताउनुभएको छ ।

तुर्माखादमा नेकपा एमालेको कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रमपछि भएको कोणसभा कार्यक्रममा बोल्दै नेता बोगटीले आगामी निर्वाचन देश बचाउने र देश बिगार्नेहरुका बीचको युद्ध भएकाले दृढतापूर्वक जनतालाई देश बचाउने अभियानमा लाग्न अनुरोध गर्नुभएको छ ।

परमादेशी गठवन्धन सरकार बनेको दुई बर्षमा मंहगी बढाउने, अत्याचार थोपर्ने बाहेक कुनै पनि काम गर्न नसकेको भन्दैं नेता बोगटीले  एमाले सरकारले गरेका विकास निर्माणका काममा भाँजो हाल्ने, बजेट काट्ने काम देउवा सरकराले गरेको आरोप लगाउनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश सभका (क ) का उम्मेदवार भिम बहादुर बिष्टले देश बनाउने सुस्पष्ट भिजन एमालेसँग मात्रै भएको बताउनुभयो । यस भन्दा अघि नेपका एमालेको सरकारको पालमा ल्याएका कार्यक्रमहरु अहिलेपनि जनताको माझमा उतिकै लोकप्रिय रहेको बताउनुभयो । नेता बिष्टले एमालेलाई मतदान नगर्दा देशको राष्ट्रियता कमजोर हुने र विकास आयोजनाहरु ठप्प हुने भएकाले एमालेका उमेदवारलाई मतदान गर्न अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा समानुपातिक उम्मेदवार भरत साउद, प्रदेश कमीटी सदस्य बम बहादुर बिसी, कटक बहादुर साउद, एमाले जिल्ला कमीटी सचिव भिम रावल, गाउ कमीटी ईन्चार्ज नरेश कुमार शाही लगायतका नेताहरुको सहभागिता रहेको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button