
एमालेको लोकप्रियताबाट अत्तालिएर गठबन्धन गरि आएकाहरूलाई अछामि जनताले बहीष्कार गर्ने :अध्यक्ष बोहरा
मंगलसेन – नेकपा एमाले तुर्माखाँद गाउपालिका कमिटीको १२ औं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
पालिका कमिटिका अध्यक्ष गौमति शाहीको अध्यक्षतामा बसेको बैठकले आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि तुर्माखाँद गाउपालिका वडा नम्बर १ देखि ८ सम्म धरदैलो, कोण सभाका साथै आवश्यकता अनुसार आमसभा गर्ने लगाएतका निर्णय गरीएको छ ।
बैठकले कार्तिक १६ गते वडा नम्बर ५ नाडा, १७ गते वडा नम्बर ७ तोषि, १८ गते धमालि, १९ र २० गते वडा नंम्बर ६ रानिबन, २१ र २२ गते बडा नम्बर १ रहफ,२३ गते वडा नंम्बर २ भुलु , २४ गते वडा नम्बर ३ भैरवस्थान र २५ गते वडा नम्बर ४ मा आम सभा तथा कोण सभा गर्दै २७ गते तुर्माखादमा बृहत् आम सभा गर्ने लगाएतका निर्णय गरीएको छ ।
बैठकमा बोल्दै नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराले नेकपा एमलेले जितेन भने देश बबार हुदैछ त्यसैले यो राष्ट्र लाई बचाउनको लागि पनि नेकपाएमाले जित्न अनिवार्य रहेको बताउनु भयो । साथै उहाँले नेकपा एमालेको लोकप्रियतमबाट अत्तालिएर गठबन्धन गरि आएकाहरूलाई अछामि जनताले बहीष्कार गर्ने समेत बताउनु भयो । बोहराले आज नेकपालेका केन्द्रीय अध्यक्ष केपी वलि लाई चौतर्फी धेरा बन्दी गरीएको छ त्यसको एउटैकारण वलीको लोकप्रिता भएको बताउनुभयो ।
बैठकमा नेकपा एमाले सुदुरपश्चिच प्रदेश कमिटिका सचिवालय सदस्य बम बहादुर बिसी,पदम बहादुर बुढा, नेकपा एमालेले जिल्ला कमिटि अछामका उपाध्यक्ष बल बहादुर कुवर,उप सचिव डम्बर बहादुर बिसि ,नेकपा एमाले जिल्लाकमिटी अछामका सदस्य तथा तुर्माखाँद गाउपालिकाका ईन्चार्ज नरेश कुमार शाहीले सुझाव सहितको मन्तब्य राख्नु भएको थियो । बैठकमा जिल्ला कमिटि अछामका सदस्य,सल्लााहकार, वडा कमिटीका अध्यक्ष, जनसंगठनका प्रमुख तथा प्रतिनिधीहरूको सहभागीता रहेको बैठको संञ्चालन पदम बहदुर बिसिले गर्नु भएको थियो ।