धनगढीको मुख्य सडकमा डोजर चल्यो

धनगढीः धनगढीको मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको छ। बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको जनाएको छ। 

अहिले धनगढीस्थित अस्पताल लाइन सडक छेउका संरचना हटाइदै छ। यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो। सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ-बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनिलाई पत्राचार गरेको थियो।

‘सडकको बिस्तृत योजना प्रतिवेदन ९डिपीआर० तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सहयोग गरिदिन हुन सम्बन्धित घर धनीहरुमा अनुरोध गरिन्छ’, पत्रमा भनिएको थियो। 

तर, उपमहानगरले तोकेको समयमा सडक क्षेत्र खालि नभएपछि डोजर चलाएर संरचना हटाउन थालिएको हो। dineshkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button