
पायलको मदने, पित्रेना, खालगडा ग्रामिण सडक सुचारु
अछाम: चौरपाटि गाउँपालिका वडा नम्बर ४ पायलको मदने, पित्रेना, खालगडा ग्रामिण सडक शुक्रबार बाट सुचारु भएको छ ।,
बिभित कारणबस अधुरो रहेको सडकको काम सम्पपन्न पश्चात आजबाट सडक सुचारु भएको हो । बाँकी रहेको करिब ५ किलोमीटर सडकको निर्माण गरि मुख्य सडक बोहरागाउँमा जोडिएको छ ।
सडक खन्ने क्रममा स्थानियहरु बिच भएको बिबाद छलफलको माध्यमबाट समाधान गरि मुख्य सडकमा जोएिको बताईएको छ ।
चौरपाटि गाउँपालिका अध्यक्ष भिम बहादुर साउदको बिशेष पहलमा सडकलाई सहजरुपमा सुचारु गरिएको छ । अनुगमन पश्चात बोल्दै गाउँपालिका अध्यक्ष साउँदले पालिकाको समग्र बिकासका लागी आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
हरेक नागरिकहरुलाई स्थानिय सरकारको महशुस हुने गरि काम गर्दै अगाडि बढीरहेको भन्दै प्रत्यक वडाका टोलहरुलाई सकड सञ्जालमा जाडीने बताउनुभयो ।
पालिकाको समग्र शिक्षा ,स्वास्थ्य, कृषि सिंचाइ ,खानेपानी, विधुत, खेलकुद लगायतका क्षेत्रलाई आफूले पहिलो प्राथमिकता राखेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ४ पायलका अध्यक्ष लाल बहादुर धामी, समाजसेवीबुद्धिजिवीहरुको शहभागिता रहेको थियो। सडक सुचारू हुँदा स्थानीय नागकिहरु आवतजावतमा सहज हुने भन्दै खुसी भएका छन ।