आज चार वटा प्रदेशका पहाडी भू–भागमा सामान्य पानी पर्ने सम्भावना

काठमाण्डाै – आज ४ वटा प्रदेशका पहाडी भू–भागका केही ठाउँमा आंशिक बदली भइ सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

प्रदेश-१, कर्णाली, बाग्मती र गण्डकी प्रदेशको एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनु भयो । बाँकी प्रदेशमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली हुने र सामान्य वर्षा हुने भएको हो । भोलि पनि पहाडी भू– भागका केही ठाउँमा आंशिक बदली भइ सामान्य वर्षा हुने सम्भावना रहको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button