नेपालका एक पुरुषको भारतमा गाडीको ठक्करबाट निधन

टेकराज भण्डारी, कात्तिक २०, अछाम

नेपालका एक पुरुषको भारतमा दुर्घटनामा परी ज्यान गएको छ । भारतको महाराष्ट्र प्रदेश ठाने जिल्लाको टिटौला भन्ने ठाउँमा गाडीको ठक्करबाट उहाँको ज्यान गएको हो । अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ कुईका घर भएका करिब ४३ बर्षका केशबराज तिमिल्सैनाको ज्यान गएको उहाँका बहिनी कमला तिमिल्सैनाले बताउनु भयो ।

शनिवार बिहान आफ्नो काम सकेर कोठामा फर्कने क्रममा सडक पार गर्ने बेला गाडीको ठक्करबाट घाईते उहाँको आज निधन भएको उहाँका बहिनी कमलाले बताउनु भयो ।

३ बर्षदेखि भारतमै रहेका मजदुरी गरीरहनु भएका उहाँ श्रीमति र दुई छोरा र एक छोरी सहित भारतमै रहनुभएको थियो । मृतकका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

उहाँको निधनसंगै उहाँका परिवारको विचल्ली भएको आफन्तले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button