भुकम्पमा परि डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४ जना बालबालिका रहेका छन् । ईलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरिक्षक नयन सिंह भाटका अनुसार मृत्यु हुनेमा ५० वर्षिय प्रेम बोहरा, १३ वर्षिय सीता बोहरा, ४० वर्षिया भगवती बोहरा, ८ बर्षिय हर्क बोहरा, १४ वर्षिया धनसरी बोहरा र १४ वर्षिया तुल्सि बोहरा रहेका छन् ।
ईन्नरी देबि बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महाबिर बोहरा घाइते भएका छन् । भुकम्पले सो गाउँका ८ घरमा पुर्ण रुपमा क्षति गरेको असइ भाटले बताएका छन् ।
बझाङको कालाखेती केन्द्रबिन्दु बनाई बुधबार राति २ः१३ मा गएको भूकम्पका कारण जिल्लाका धेरै आंशिक क्षति पुर्याएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। थप विवरण आउन बाँकी छ । muluknews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button