
आइतबार विशेष : नेकपामा फेरि ओलीको अर्को पत्र (आजका मुख्य खबर)
काठमाण्डौ – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको असहमतिका बीच आइतबार नेकपाको स्थायी कमिटी बैठक बस्यो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा ओली उपस्थित हुनुभएन । बैठकमा उहाँले पत्र पठाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान दोहोर्याउनुभएको छ । प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म आफू बैठकमा नजाने उहाँको अडान छ ।
ओलीको पत्रपछि स्थायी कमिटी बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ । २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारिएको छ ।
हेर्नुहोस् आजको नेकपा बैठक, ओलीको पत्रसँगै अरु मुख्य खबर :
स्थायी कमिटीलाई ओलीको पत्र, ‘प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा आउँदिन’
यस्ताे छ ओलीले स्थायी कमिटीलाई पठाएकाे पत्र (पूर्णपाठ)
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थालाई कारबाही हुने, निसान छाप प्रयोग भएकोमा ध्यानाकर्षण