प्रधानमन्त्री देउवा चुनावी सभाका लागि अछाम आउनुहुने

टेकराज भण्डारी, कात्तिक २८, अछाम

प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा अछाम आउनुहुने भएको छ ।

यहि मंसिर १ गते अछाम जिल्लाको सदरमुकाममा हुने आमसभामा सहभागि हुन देउवा अछाम आउन लाग्नुभएको कांग्रेस अछामले जनाएको छ ।

सत्ता गठबन्धनको संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्न देउवा अछाम आउन लागेका कांग्रेस अछामका सभापती एवंम प्रतिनिधि सभा सदस्य अछाम क्षेत्र नं. २ का उम्मेद्धार पुष्प बहादुर शाहले बताउनुभयो ।

शाहका अनुसार देउवा मङ्सिर १ गते बिहान १० बजे चुनावी सभा सम्बोधन गर्न अछाम आउन लाग्नुभएको हो ।

देउवा संगै सत्ता गठबन्धन दलका अन्य नेताहरुको समेत सभागिता रहने नेविसंघ अछामका सचिव तथा निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का संयोजक बम स्वाँरले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button