अछाम सहित सुदूर पहाडमा निरन्तर भुकम्पकाे धक्का, स्थानीय त्रिपालमुनि रात कटाउन बाध्य

टेकराज भण्डारी, कात्तिक ३०, अछाम

अछाम सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा निरन्तर भुकम्पका परकम्प जान थालेपछि यश क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।

गत कात्तिक २२ गते राती ९ बजेर ७ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रबिन्दु बनाई आएकाे भुकम्पछि निरन्तर साना ठुला परकम्प गैरहेका छन्।

पहिलाे भुकम्प गएपछि २३ गते बिहान २ बजेर १३ मिनेटमा ६.६ रेक्टर स्केलकाे परकम्प गएकाे यहाँ एक हप्ताकाे अवधिमा ६ सय २८ बढी परकम्प गैसकेका राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजु शर्माले जानकारी दिनुभयाे ।

मंगलबार साँझ ६ बजेर ८ मिनेटमा मात्रै अछामको बाब्ला आसपास केन्द्र बिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलकाे भुकम्प गएकाे थियाे ।
पहिलाे भुकम्प पछि हालसम्म ४ रेक्टर स्केल माथिका मात्रै पाँच वटा भुकम्प गएका केन्द्रले जनाएको छ ।

जताततै भुकम्पकाे त्रास

निरन्तर सानाठुला भुकम्प जान थालेपछि स्थानीय त्रासमा बस्न बाध्य रहेका छन् ।
उनीहरु घरबाहिर खुला आकाशमा त्रिपालमुनि बस्न बाध्य छन् ।
भुकम्प आएपछि मंगलसेन-६ अछामका कक्षा ९ मा अध्ययन गर्ने चन्द्रकान्त भण्डारी घरभित्रै जान डराईरहेका छन् । “आफ्ना लुगाकपडा तथा सरसामान ल्याउन समेत बहिनीलाई अह्राउने गरेकाे र आफू घरभित्रै जानै छाडेकाे छ।” उहाँका आमा झुप्रि भण्डारीले बताउनु भयाे ।
चन्द्रकान्त जस्तै गाउँका अधिकांश भुकम्पकाे डरले घरभित्र पस्न डराउन थालेकाे वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीकाे भनाइ छ । यही डरले घर बाहिर पाल टाँगेर बस्ने गरेका उहाँले बताउनु भयाे । आफ्नाे वडाका २८ पूर्ण क्षति र २२ आंशिक क्षति गरि ५० घरमा क्षति पुगेकाे उहाँको भनाइ छ।


करिब ६० प्रतिशत घरमा क्षति   

जिल्लाका करिब ६० प्रतिशत बढी घर भुकम्पका कारण चर्किएका छन् । जिल्लाको साँफेबगर, मेल्लेख,  चाेैरपाटी, बान्नीगढी- जयगढ, मंगलसेन लगायतका क्षेत्रका घरमा बढी असर गरेकाे प्रहरीले जनाएको छ । मंगलसेन नगरपालिकामा मात्रै ४ सय ८४ घरमा क्षति पुगेकाे नगरप्रमुख पदम बहादुर बाेहराले बताउनु भयाे। त्यसमध्ये ३ सय ८० घर पूर्ण रुपमा क्षति भएका नगरपालिकाले तथ्यांक संकलन गरि सम्बन्धित निकायमा पेश गरेकाे उहाँको भनाइ छ ।
आफै अनुगमनमा गएकाे र अधिकांश भुकम्पकाे डरले खाली ठाउँमा त्रािपालमा रात बिताउन बाध्य रहेका नगरप्रमुख बाेहराले बताउनु भयाे ।

२२ कात्तिककाे भुकम्पमा डाेटीका ६ जनाकाे ज्यान गएकाे र उक्त फाेटाे तथा भिडियाे आफुले पनि सामाजिक सञ्जालमा हेरेकाेले त्यस्तै नियति भाेग्नुपर्ने हाे कि भनेर घर बाहिरै बस्ने गरेकाे उनीहरुकाे भनाइ छ । त्रिपालमुनि बस्दा विशेष गरि, बालबालिका, जेष्ठ नागरिक तथा महिनाबारी भएका महिला बढी प्रभावित भैरहेका छन् ।
महिनाबारी भएकाहरु त सानाे डाेकाेमा खुला आकाशमुनि बस्न बाध्य रहेकाे पाईएकाे छ।

बढीजसाे जिल्लामा साँफेबगर क्षेत्रका घरहरुमा क्षति पुगेको पाईएकाे छ । भुकम्पकाे केन्द्रबिन्दुसंगै जाेडिएकाे त्यस क्षेत्रमा अधिकांश घरहरु पुर्ण क्षति भएकोले घरबाहिर बस्नुपरेकाे स्थानीय पुजा बुढाले बताउनु भयाे । साँफेबगरमा भुकम्पका कारण सडक माथिबाट सुख्खा पहिराे समेत गएकाे छ । 
जिल्लाका कमलबजार, ढकारी, तुर्माखाँद, पञ्चदेवल विनायकमा समेत स्थानीय त्रिपालमा बस्ने गरेकाे पाईएकाे छ । चिसाे बढ्दै गएकाे, परकम्पन निरन्तर गईरहेकाे अवस्थामा स्थानीयकाे जनजीवन कष्ठकर बन्दै गैरहेकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button