एमालेको आमसभा मंगलसेमा सम्पन्न

अछाम :– एमालेले हारे अछामको विकासले हार्नेहुदा एमालेका उमेदवारले जित्नैपर्ने प्रतिनिधिसभाका उमेदवार बोगटीको भनाई, जनताप्रति बफादार भएर कामगर्ने प्रदेशसभा उमेदवार उपाध्याको प्रतिबद्धता, एमालेको आमसभा मंगलसेमा सम्पन्न ।

नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटीले मंशिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेले हारे देशले हार्ने बताउनु भएको छ । सुखी नेपाली समृद्ध नेपालको योजना नेकपा एमाले संग मात्रै भएको भन्दै नेता बोगटीले अबको निर्वाचनमा नेकपा एमालेका उमेदवारले हार्न नहुने बताउनुभयो ।

एमाले सरकारको पालामा भएका लोकप्रिय विकास निर्माणका योजनाहरुलाई निरन्तरता दिन र देशलाई सिक्कीमीकरण हुन बाट जोगाउन एमालेका उमेदवारले जित्नै पर्नेमा जोड दिनुभयो । नेकपा एमाले अछामको मंगलसेनमा आयोजना गरेको बृहत चुनावी आमसभा कार्यक्रममा बोल्दै नेता बोगटीले अछामको विकास निर्माणलाई तिब्रता दिनका लागि आफ्नो जित आवश्यक रहेको बताउनुभयो ।

आफ्नो पहिलो कार्यकालमा यस क्षेत्रका गौरबका योजनाहरु अघि बढाएकाले त्यी अधुरा योजनालाई अघि बढाउनका लागि भएपनि यसपालीको निर्वाचनमा क्षेत्र न २ बासीले एमालेलाई जिताउन आग्रह गर्नुभएको छ ।

अछाममा एमालेका उमेदवारले हारेपछि जिल्लाको विकास निर्माणका योजनाहरुले हार्ने हुदा त्यस कारणले पनि आफुलाई जिताउनुपर्नेमा जोड दिनुभएको छ । मंगलसेन नगर कमीटी ईन्चार्ज लिलाराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेशसभा (ख) का उमेदवार शिव प्रसाद उपाध्याले यस क्षेत्रका जनताले भोग्दै आएका समस्याहरु समाधान गर्नका लागि आफ्नो जित आवश्यक रहेको बताउनुभएको छ ।

दोन्द्ध कालाको मसमया पनि आफु जिल्लामै बसेर अछामी जनता समस्माय परेको बेला जनताको पक्षमा कामगरेकाले यपालिको निर्वाचनमा यस क्षेत्रका जनताले आफुलाई विजयी गराउने विश्वाश ब्यक्त गर्नुभएको छ । यस पालिको निर्वाचनमा आफुलाई विजयी गराएमा जनताको पक्षमा काम गरेर देखाउने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

मंगलसेनको खुला मंचमा भएको कार्यक्रममा बोल्दै एमले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराले अछाम जिल्लामा नेकपा एमाले थप सुदृढ भएकाले यसपालिको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभयो । एमाले अछाममा फुटको कुनैपनी असर नपरेकाले पार्टि कमजोर छ भन्ने भ्रममा नपर्न अनुरोध गर्नुभएको थियो ।

एमाले संग एक्ला एक्लै चुनावमा भिड्न नसकेर ५ पार्टिहरु एक भएको भन्दै अध्यक्ष बोहराले एक्लै एमाले संग चुनाव लड्ने आट नेपालका अन्य कुनैपनी दलसंग नभएको दाबी गर्नुभएको छ । कार्यक्रममा एमाले प्रदेश कमीटी सदस्य एवं समानापातिक उमेदवार भरत साउद, संविधान सभा सदस्य भैरे कामी, एमाले प्रदेश कमीटी सचिवालय सदस्य भिम जनाला, मना अधिकारी, सरिता उपाध्या विद्यार्थि नेता कमल ढुंगाना, सिद्ध प्रसाद ढुंगाना, रमेश भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन एमाले मंगलसेन नगर कमीटी सचिव डम्बर बहादुर रावलले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button