
संविधान, लोकतन्त्र, विधिको शाशनका लागि यो गठबन्धन दश÷पन्ध्र बर्ष रहने पन्धानमन्त्री देउवाको भनाई
टेकराज भण्डारी, २०७९ मंसिर १, अछाम
प्रधानमन्त्री शेर बहादुर देउवाले यो गठबन्धन दश, पन्ध्र बर्ष नै कायम रहने बताउनु भएको छ । संविधान, लोकतन्त्र, विधिको शाशन र राष्ट्रिय स्वाधीनताका लागि गठबन्धन कायम रहने प्रधानमन्त्री देउवाको भनाई छ । अछामको मंगलसेनमा भएको सत्तारुढ गठबन्धन दलको चुनावी कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनु भएको हो ।

अछामको चौरपाटी र मंगलसेनमा गरी दुई कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री तथा कांग्रस सभापति देउवाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ले दुईददुई पटक संसद विघटन गरी संविधान उल्लंघन गर्नुभएकोले यो गठबन्धन बनाउनु परेको बताउनु भयो ।
सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफु निरन्तर लागिरहेको भन्दै अब पश्चिम सेतीको निर्माण कार्य पूरा हुने बताउनु भयो । पश्चिम सेती, महाकाली पञ्चेश्वर, कैलाशखोला लगायतका जलविद्युत आयोजना पूरा गरी भारतलाई बिजुली बेचेर आर्थिक सम्बृद्धि गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रका राम प्रसाद तिमिल्सैना, अछाम जिल्लाका गठबनधनका उम्मेद्धार पुष्प बहादुर शाह, अक्कल रावल, मान बहादुर रावल लगायतले आफ्ना प्रतिबद्धता राख्नुभएको थियो ।