अछाम २ मा गठबन्धनको तर्फबाट काग्रेसका शाह विजयी

अछाम : अछाम क्षेत्र नम्बर २ मा २३ बर्ष पछि नेपाली कांग्रेसले जित हासिल गरेको छ । सत्ता गठबन्धनका दलको सर्मथनमा नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाह विजयी भएका हुन् ।

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका विजयी शाहले नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटीलाई ७ हजार २० मतान्तरले पराजित गरेका हुन । शाहले २३ हजार ५४ र बाेगटीले १६ हजार ३४ मत प्राप्त गरेका थिए ।

यसअघि २०७४ सालमा भएको प्रतिनिधी सभाको निर्वाचनमा बाम गठबन्धनबाट चुनाव लडेका बोगटी संग कांग्रेसका शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए ।

त्यस निर्वाचनमा बोगटीले २१ हजार ९६५ मत पाएर विजयी भएका थिए भने पुष्प शाहले १९ हजार १०६ मतमा साथमा निकटतम प्रतिद्वन्द्वीमा रहेका थिए ।

यस क्षेत्र बाट राष्टिय प्रजातन्त्र पार्टीका मिन बहादुर शाही, नेपाल मजदुर किसान पार्टीका झंकर बहादुर शाही र स्वतन्त्र उम्मेद्धार चन्द्र प्रसाद ढुंगाना पनि प्रतिष्पर्धामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button