अछाममा गठबन्धनको शत प्रतिशत नतिजा

अछाम । अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको अछामममा सत्ता गठबन्धनका उम्मेद्धार विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एकीकृत समाजवादी शेर बहादुर कुँवर १९ हजार ५३४ मत सहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट बहादुर बोहोराले १५ हजार ४५ मत प्राप्त गर्नुभयो ।

अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पुष्प बहादुर शाहले २२ हजार ९५४ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञ बहादुर बोगटीले १६ हजार ११४ मत प्राप्त गर्नुभयो ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस मेघराज खड्काले १२ हजार ३ सय ३७ प्राप्त गर्दै विजयी बन्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत ल्याउनुभयो ।

अछाम क्षेत्र न १ प्रदेश सभा (२) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका झपट साउँदले १२ हजार ११५ मत ल्याई विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण प्रसाद जैसीले ९ हजार १९ मत पाउनुभयो ।

यता अछाम क्षेत्र नं. २ को प्रदेशसभा (१) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अक्कल बहादुर रावलले ११ हजार २३१ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बहादुर विष्टले ८ हजार ४ सय ५२ मत प्राप्त गर्नुभयो ।

यस्तै क्षेत्र न २ प्रदेस सभा (ख) को प्रदेश सभा सदस्यतर्फ नेपाली कांग्रेसका नेता मान बहादुर रावल विजयी भएका छन् । साझा गठबन्धनका उम्मेदवार रहेका रावल २ हजार ५ सय ५२ को फराकिलो मतान्तरले विजयी भएका हुन् ।

सदर मतमा सत्ता गठबन्धनका उम्मेद्वार रहेका रावलले ११ हजार २ सय १६ प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका शिव प्रसाद उपाध्यायले ८ हजार ६ सय ३४ मत पाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button