अछाममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकाे क्रममा विभिन्न पालपका तथा वडामा सचेतनामूलक कार्यक्रम भैरहेका छन् ।

टेकराज भण्डारी, मंसिर १३, अछाम

अछाममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकाे क्रममा विभिन्न पालपका तथा वडामा सचेतनामूलक कार्यक्रम भैरहेका छन् । हरेक बर्ष नाेभेम्बर २० देखि डिसेम्बर १० सम्म विश्वभरि नै मनाईने अभियान अन्तर्गत अछाम जिल्लामा पनि कार्यक्रम भैरहेका हुन् ।

जिल्लाका विभिन्न स्थानीय तहमा सचेतनामुलक कार्यक्रम गरि महिला हिंसा, कानूनी उपचार, दण्ड सजाय लगायतका विषयमा जानकारी दिने काम भैरहेकाे छ ।

स्थानीय तह, वडा तथा जिल्ला प्रहरी कार्यालयकाे समन्वयमा जनचेतनामूलक कार्यक्रम भैरहेका जिल्ला प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताउनु भयाे ।

जिल्ला प्रहरी कार्यालयकाे समन्वय तथा वडाकाे आयाेजनामा मंगलसेन नगरपालिका वडा नम्बर ६ मा बृहत् अन्तरक्रिय कार्यक्रम गरिएको वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले बताउनु भयाे ।

महिला हिंसा, कानुनी उपचार, हिंसा गर्दा हुने सजाय, मेलमिलाप लगायतका विषयमा प्रहरी कार्यालय सहितको सहभागीतामा कार्यक्रम गरिएको र महिला दिदीबहिनी जागरुक भएको अध्यक्ष भण्डारीकाे भनाइ छ ।

स्थानीय तह, वडा तथा आफ्नाे कार्यालयकाे समन्वय तथा सहजीकरणमा जिल्लाका सबै स्थानीय तह तथा वडा सम्म कार्यक्रम भएको प्रहरीले जनाएको छ ।
कार्यक्रममा विशेष गरि मदिरा सेवन गरि झैझगडा तथा हिंसा हुने, घरायसी विवाद, आत्महत्या लगायतका समस्या रहेकाे बताउने गरेका पाईएकाे छ ।
पछिल्लो समय महिला पनि जागरुक हुँदै गएका र हिंसाका घटना बढीजसाे बाहिर आउने गरेका प्रहरीको भनाइ छ ।

जिल्लाका कमलबजार, ढकारी, मंगलसेन, तुर्माखाँद, साँफेबगर लगायतका ठाउँमा  “सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा बिरुद्दको अभियान” राष्ट्रिय नारा सहित सचेतनामुलक कार्यक्रम गरिसकेकाे डिएसपी डाँगीकाे भनाइ छ । जिल्लाका सबै स्थानीय तह समेट्ने गरि दैनिक रुपमा कार्यक्रम गरिरहेको उहाँले बताउनु भयाे ।

अधिकार तथा कानूनी प्रावधानबारे जानकारी गराइ पीडित न्यायका लागि प्रहरी लगायत सराेकारवालासम्म आफै आओस् भन्ने उद्देश्य रहेकाे भन्दै डिएसपी डाँगीले यदि आफै आउन नसके प्रहरी नै पीडित समक्ष पुग्ने याेजना समेत रहेकाे बताउनुभयो ।

विभिन्न सचेतनामुलक कार्यक्रम भैरहे पनि हिंसाका घटना बढीरहेकाे पाईएका अधिकारकर्मीले बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button