अध्यक्ष साउदद्वारा ३२ कोठे विध्यालय भवनको शिलान्यास

मंसिर २७ अछाम

अछामको रामारोशन गाउँपालिका वडा नम्वर ६ भाटाकाटीयामा ३२ कोठाको विद्यालय भवनको शिलान्याँस गरीएको छ ।

केन्द्र सरकारको क्रमागत बजेट अन्तरगत २ करोड ५२ लाख लगानिमा ३२ कोठाको विद्यालयको भवन निर्माण गर्न लागीएको हो ।

भाटाकाटिया स्थीत पुर्ण चन्द्र माविमा ३२ कोठाको नयाँ भवनको निर्माणको जिम्मा ईन्द्र धुन निर्माण सेवाले लिएको छ ।

भवनको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष झंकर बहादुर साउद भास्करले शिलान्यास गर्नुभएको छ ।

भवनको शिलान्याँश गर्दै अध्यक्ष साउदले नयाँ बन्ने विध्यालयको भवन तोकिएको समयमा दिगो र टिकाउ हुने तरिकाले निर्माण गरि विध्यालय प्रशासन लाई हस्तान्तरण गर्न समन्धीत ठेकेदार लाई निर्देशन दिनुभएको छ ।

शिक्षाको समग्र बिकासको लागि स्रोत ब्याबसथापन गर्न गाउँपालिकाको तर्फबाट कुनै कसुर बाँकि नराख्ने बताउदै शिक्षानै आजको आवश्यकता भएकाले गुणस्तरीय शिक्षा बिना समुन्नत समाजको परिकल्पना गर्न नसकिने कुरा उल्लेख गर्नुभयो ।

हरेक बिध्यार्थीहरु लाई गुणस्तरीय शिक्षा प्रदान गराउनको लागि शिक्षक र अबिभाबकको महत्त्वपूर्ण भुमिका रहने भएकाले सबैले एकजुठ हुनुपर्ने कुरामा जोड दिनुभयो ।

आगामि दिनमा भाटाकाटियामा प्राविधिक शिक्षा सञ्चालन गर्नको लागी पहल गर्ने बताउदै अध्यक्ष साउदले आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरुको शिक्षाको लागी जोड दिने बताउनुभयो ।

समग्र रामारोशन गाउँपालिकाको शिक्षाको बिकासका लागि आफुले निरन्तर रुपमा पहल गर्दै आईरहेको स्मरण गराउदै अध्यक्ष साउदले गुणस्तरीय र प्राबिधिक शिक्षा प्रदान गराउनको लागि पहल गरिने बताउनुभयो ।

विद्यालयकाे भवन निर्माणको काम अबको २ बर्ष भित्र सक्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button