मेल्लेखमा काेभिड १९ काे भ्याक्सिन सम्बन्धि अनुगमन तथा समिक्षा

लालबहादुर चदाराः जिल्लाकाे मेल्लेख गाउँपालिकामा कोभिड १९ भ्याक्सिनका लागि समुदाय परिचालन कार्यक्रमकाे जिल्ला स्तरीय सयुक्त अनुगमन तथा समिक्षा बैठक सम्पन्न भएको छ । जि आई  जेड काे आर्थिक सहयोग, वाक नेपाल द्वरा संचालित काेभिड १९ भ्याक्सिनका लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत मेल्लेख गाउँपालिकाकाे समन्वयमा कार्यक्रम गरिएको हाे ।

मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्ष्यतामा भएको बैठक बैठकमा काेभिड खाेप पुर्ण गर्न छुटेकाहरुलाई कसरी खाेपकाे दायरामा ल्याउने भन्ने बिषयमा छलफल गरिएको थियाे । साथै बैठकमा काेभिड १९ भ्याक्सिन पूरा गर्नका लागि यस अघि गरेका कामकाजको समिक्षा र आगामि गर्ने क्रियाकलाप सहितको कार्ययोजना तयार पारेकाे छ ।

यस्तै बैठकमा अछाम जिल्लामा रहेका लक्षीत जनसंख्यालाई कोभिड १९ बिरुद्धको खोप लगाउने, कोभिड १९ बिरुद्धको खोपको पहुँचमा नरहेका जनसंख्या पहिचान गरि खोप लगाउने र लगाउन सिफारिस गर्ने बिषयमा पनि छलफल भएको थियोे ।

साथै समुदायमा छुटेका नागरिकलाई कोभिड १९ बिरुद्धको खोप लगाउन उत्प्रेरित तथा जागरुक गर्ने उदेश्यका साथ बैठकमा छलफल गरिएको थियोे । बैठकमा वाक नेपालका कार्यक्रम प्रबन्धक चेतराज जाेसिले कार्यक्रमको उदेश्य सहित स्वागत गर्नु भएकाे थियाे । यसैगरी बैठकमा मेल्लेख स्वास्थ्य शाखा बाट कोभिड बिरुद्धको खोपको हालसम्मको अवस्था बारे स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला जानकारी गराएका थिए ।

बैठकमा प्रमुख प्राशासकिय अधिकृत धुर्ब प्रसाद सापकोटा, वडा अध्यक्ष मध्य बाट वडा नम्वर ५ का वडा अध्यक्ष तथा सामाजिक विकास संयाेजक प्रकाश अधिकारी, वाक नेपालका पुर्व अध्यक्ष मीन बहादुर कुवर लगायतले सुझाव मन्तव्य राखेका थिए ।

समिक्षा बैठकमा स्थानीय जनप्रतिनिधि , स्वास्थ्य इन्चार्ज महिला स्वास्थ्य स्वयंसेविका र संस्था का पदाधिकारीहरुका सहभागिता रहेकाे थियो । बैठककाे संचालन वाक नेपालका लेखा तथा प्राशासन अधिकृत कृत कुमार खड्का ले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button