
अछाम : मंगलसेनमा रहेको मंगलसेन नगरपालिकाले प्राविधिक लाईन पढ्न चाहाने विद्यार्थिको लागि छात्रवृतिको आह्वान गरेको छ ।
बुधबार एक सुचना जारी गर्दै नगरपालिकाले एम बिबिएस ३ जना, कृषि तथा भेटेनरी १ जना, ईन्जिनियरिङ १ जना बियासी १ जना तथा बन विज्ञानका लागि १ जनाको लागि छात्रबृति माग गरिएको छ ।
छात्रवृतिमा पढ्न चाहाने विद्यार्थिको लागि छात्रबृतिको सुचना आह्वाहन गरिएकाले मौकाको फाईदा उठायन अनुरोध गरिएको छ ।
प्राविधिक शिक्षा छात्रबृति वितरण कार्यविधि २०७९ बमोजिम बुधबार एक सुचना जारी गर्दै नगरपालिकाले मंगलसेन नगरपालिकामा स्थायी बसोबास गर्ने विद्यार्थिले छात्रवृतिको लागि निवेदन दिन सक्ने नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले बताउनुभयो ।
माघ ४ गते देखी माघ १९ गते सम्म प्राविधिक शिक्षा अध्यान गरिरहेका विद्यार्थिहरुले नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा अनुसुची एक बमोजिमका कागजात सहित निवेदन पेश गर्न अनुरोध गरिएको छ ।
निवेदन दिने विद्यार्थिहरुले एसईई, एसएलसी सामुदायीक विद्यालयमा अध्यान गरेको प्रमाण पत्रको प्रतिलिपी, सम्बन्धित वडामा बसोबास गर्ने नागरिक भएको सिफारिस सहित आर्थिक रुपले विपन्न भएको सिफारिस, हाल सम्मका शैक्षिक योग्यताका प्रमाणपत्रहरु राखेर निवेदन दिन सकिने शिक्षा अधिकृत रावलले बताउनुभयो ।
थप जानकारीका लागि नगरपालिकाको शिक्षा शाखामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

