परिवर्तन परियोजनाले महिलामा जागरण ल्यायो

अछाम : मालिका विकास संघको परिवर्तन परियोजनाले कार्य क्षेत्रका पालिकाहरुमा प्रभावकारी काम गरेको पाईएको छ । संस्थाले मंगलसेन नगरपालिका, पंचदेवल विनायक नगरपालिका र चौरपाटी गाउँपालिकामा संचालन गरेका गतिविधि प्रभावकारी भएको पाईएको हो । मंगलबार र बुधार जिल्लाका सरोकारवालाको टोली द्धारा गरेको अनुगमनको क्रममा समुदाय स्तरमा गठन भएका विभिन्न समुहमा आवद्ध महिलाहरुले यो कार्यक्रमले महिलारुको क्षेत्रमा निकै राम्रो काम गरेको भन्दै खुलेर प्रशंसा गरेका थिए ।

संस्था लागु भईसकेपछि आफुहरु सामाजिक, आर्थिक र राजनितिक रुपमा सशक्त हुदै गएको बताएका छन । समाजमा रहेका पछाडी परेका र पारिएका महिलाहरुलाई सशसक्त बनाई समाजमा हुने हरेक गतिविधिम सकृय बनाएको बताएका छन । पहिले समाजका हुने गतिविधिमा कुनैपनी चासो नदेखाउने महिलाहरुले आजभोली भने विकास निर्माण देखी अन्य गतिविधिमा आफ्नो सकृय सहभागिता जनाएर उक्त ठाउको हर हिसाबको खोजिनिती समेत गर्न थालेका पंचदेव विनायक नगरपालिका वडा न २ की लक्ष्मी बिकले बताउनुभयो ।

आफु अहिले वडा सदस्यमा निर्वाचित भएको र यसमा पनि मालिका विकास संघको परिवर्तन परियोजनाकै हात रहेको लक्ष्मीको भनाई थियो । आफुलाई जनप्रतिनिधिका काम कर्तव्य र अधिकारका बारेमका केहीपनि जानकारी थिएन यो परियोजना आफ्नो वडामा लागु भएपछि वडा, पालिका र अन्य तहका सरकारले गर्ने काम कर्तव्य र अधिकारका बारेमा जानकारी पाएपछि आफुमा वडा सदस्य उठ्नुपर्छ भन्ने भावनाको विकास भएको र वडाका दिदि बहिनीलेपनि सहयोग गरेपछि वडा सदस्यमा निर्वाचित भएको र अहिले वडा समितीको बैठक बस्दापनि आफ्नो सकृय सहभागिता रहने रहेको बिकले अनुगमन गर्न गएको टोली समक्ष बताउनु भएको थियो ।

यो परियोजनाले महिलालाई आर्थिक रुपमा सबल बनाउन विभिन्न किसीमका उद्योगहरु समेत संचालन गर्न सहयोग गरिरहेको छ । महिलाहरुलाई रोजगारी दिएर उनीहरुको सामाजिक रुपमा अग्रसर बनाउन आफ्नो कार्य क्षेत्रमा स्थानीयको माग अनुसार उद्योग संचालन गरि अहिले कार्यहरु अगाडी बढाएका छन । पंचदेवल विनकाय नगरपालिका वडा न २ मा दालमोट उद्योग संचालन गरि १३ जना महिलाहरु अहिले दालमोट बनाउने कार्यत्रमा जुटी रहेका छन ।

मालिका विकास संघले परियोजना मार्फत आवश्यक उपकरण खरिद गर्न सहयोग गरेपछि पालिकामा रहेको समावेशी महिला बहुउदेश्यीय सहकारी संस्था मार्फत दालामोट उद्योग संचालन गरेको र अहिले त्यो सहकारीका १३ जना महिलाहरु दिनभर दालमोट बनाउने गरेका छन ।

यसले महिलाहरु रोजगार हुनुका साथै सिपसमेत सिकीरहेका छन । यो कारणले आफ्नो समुहका महिला दिदि बहिनी निकै खुसी भएका र यसले महिलाहरुलाई उद्यमी बनाउन सहयोग पु¥याएको सहकारीकी सदस्य लक्ष्मी केसीले बताउनुभयो । मालिका विकास संघकै कारणले आफुहरुमा पनि उद्यमी बन्नुपर्छ भन्ने सोच पलाएको केसीले बताउनुभयो ।

कुराकानी गर्दै लक्ष्मीले यसलाई बिस्तार गरेर लैजानका लागि अन्य सरोकारवाला संग पनि समन्वयको कार्य भईरहेको बताउनुभयो । यो दालमोट उद्योगलाई निरन्तरता दिनका लागि बिशेष योजना बनाएर अघि बढ्ने योजना आफुहरुको रहेको बताउदै उहाले स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने माग गर्नुभएको छ ।

स्थानीय कच्चा पदार्थ भटमास, सिमी बढि प्रयोग हुने भएकाले दालमोट उत्पादन गर्न समस्या नभएको भन्दै यसले स्थानीय उत्पादनलाई पनि प्रसय दिएको बताउनुभयो । सहकारीकी अध्यक्ष तारा कडातले पनि यो उद्योग संचालन हुदा आफुहरु निकै खुसी भएकाले संस्थाले आगामी दिनमा पनि अन्य कार्यक्रम मार्फत सहयोग गर्नुपर्ने र यस्ता कार्यक्रमलाई स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने माग गर्नुभएको छ । मालिका विकास संघको परिवर्तन परियोजनाले महिलाहरुका एक प्रकारको जागरण नै ल्याएको कडायको भनाई थियो ।

आफुहरुलाई सामाजिक, आर्थिक र राजसनिसतिक रुपमा सकृय बनाउने काम यो संस्थाले गरेकाले समाजका हुने जुनसुकै गतिविधिम सकृय सहभागिता संगै बुलन्द आवाज समेत उठाउने गरेको बताउनुभयो । आर्थिक रुपमा कमजोर भएका महिलाहरुलाई माथि उठाउने काम देखी हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउने काम समेत परियोना लागु भईसकेपछि भएको समुहका अधिकांश महिलाहरुको भनाई थियो ।

अनुगमन टोली संग महिलाहरुले यो कार्यक्रमको अवधि सकीएको सुन्दा निकै दुख्ख लागेको र आगामी दिनमा कुनै न कुनै रुपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन माग समेत गर्नुभएको छ । वडा न ३ मा गठन भएको लालीगुरास कृषक समुह समुहमा अवद्ध महिला दिदि बहिनी पनि अहिले सामाजिक रुपमा सकृय भएका छन ।

पहिले चुलो चौकामा सिमीत महिला दिदि बहिनी अहिले वडामा रहेका विभिन्न संस्थामा अध्यक्ष, उपाध्य र सचिव जस्तो पदमा दाबी गर्न सक्ने भएका समुहकी अध्यक्ष शान्ती रोकायले बताउनुभयो । आफ्नो समुहकी दिदि बहिनीको पहलमा आफ्नो टोलमा हुने बिकृती विसंगतीहरु कम हुदै गएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गर्नुभएको छ ।

अनुगमन टोलीले वडा न १ को विनायक बजारमा चेतना महिला बहुउदेश्यिय सहकारी संस्थाद्धारा संचालिन गरिएको पाउरोटी उद्योगको समेत अनुगमन गर्नुका साथै व्यवसाय गरिरहेका दिनेश ढकाल र सहकारीका अध्यक्ष राधा आचार्य लगायत समुहका सदस्यहरुको संग अन्र्तकृया गरेको थियो ।

पंचदेवल विनायक नगरपालिका वडा न २, ३ र ४ मा गठित विभिन्न समुहमा गएर अन्र्तकृया गर्दै परियोजना मार्फत भएका गतिविधिको अनुगमन गर्नुका साथै अहिले संचालनमा रहेका कामलाई दिगो रुपमा संचालन गर्न अनुगमन टोलीले सुझाव दिएको थियो । बुधार मंगलसेन नगरपालिका वडा न १४ कालागाउमा भएको अन्र्तकृया कार्यक्रममा सहभागि महिलाहरुले यो संस्थाले महिलाहरुलाई सकृया बनाउनुका साथै उनीहरुलाई हरेक हिसाबले सशक्त बनाउदै लगेको बताएका थिए ।

पहिले र अहिले सुशासन पाठशालामा आवद्ध महिलाहरुमा निकै परिवर्तन आएको भन्दै यस्ता कार्यक्रमले समाजका पछाडी परेका महिलाहरुले बढि प्रथामिकता पाएकोमा खुसी ब्यक्त गरेका थिए । वडामा रहेको कोकीला देवी महिला अधिकार मंचले संचालन गरेको पाउरोटी उद्योगलाई व्यवस्थित बनाएर लैजान बिशेष समिती बनाएर अघि बढ्ने आफुहरुको योजना रहेको संस्थाकी अध्यक्ष सीता रावलले बताउनुभयो ।

समुहका दुईजना महिला सदस्यलाई तालिम दिईसकेको र अब मेसीनहरु जडानगरि पाउरोटी उत्पादन गर्ने कामलाई अगाडी बढाईने बताउनुभयो । मालिका विकास संघको परिवर्तन परियोजना मार्फत पाउरोटी उत्पादनका लागि आवश्यक उपकरणहरु खरिद गरिएकाले यसले महिलाहरुलाई उद्यमी बनाउन सहयोग पुग्ने विश्वाश ब्यक्त गर्नुभएको छ ।

अन्र्तकृया कार्यक्रममा सहभागि अधिकांश महिलाहरुले यो कार्यक्रमको प्रभावकारी बढ्दै गएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिएमा समाजका राम्रो प्रभाव पर्ने बतादै आफुहरुले सुशासन पाठशाला मार्फत नागरिकका मौलिक हक देखी अन्य सामाजिक रुपमा पनि निकै सकृय बनाएको आ आफ्नो अनुभव सुनाएका थिए ।

अनुगमन टोलीले संस्था मार्फत भएका गतिविधिलाई आगामी दिनमा निरन्तरता दिएर समाज रुपान्तरणका क्षेत्रमा कामगर्न सुझाव दिएको थियो । गैरसरकारी संस्था निश्चित अवधिका लागि आउने भएकाले यसलाई निरन्तरता दिन समुहका सदस्यहरु नै बढी सकृय हुनुपर्ने यस भन्दा अघि जसरी गतिविधि भएका थिए सोही ढंगले निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । धेरै ठाउमा संस्था रहुन्जेल संस्था मार्फत भएका गतिविधि राम्रो हुने तर संस्थाले संचालन गर्ने कार्यक्रमको अवधि सकीएपछि सबै गतिविधि बन्द हुने र संचालन गरेको उद्योग पनि निष्कृय हुने गरेकाले त्यसो नगर्न अनुरोध समेत गरेको थियो ।

यो परियोजना नभएपनि अन्य परियोजना मार्फत संस्थाले काम गरिरहने भएकाले अब स्थानीय सरकारलाई यी संचालनमा रहेका उद्योगको जिम्मेवारी लिन दबाव दिनुपर्ने सुझाव समेत दिएका छन । अनुगमन टोलीमा मालिका विकास संघका सचिव झपटराज ढुंगाना, मालिका विकास संघका कार्यकारी निर्देशक कृष्ण बहादुर रावल, मालिका विकास संघको परिवर्तन परियोजनाका कार्यक्रम संयोजक रतन बहादुर रावल, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, रेडियो रामारोशनका समाचार प्रमुख शंकर थापा लगायतको सहभागिता रहेको थियो ।

यरोपिएन युनियन र डिसिए नेपालको आर्थिक सहयोग तथा मालिका विकास संघको परिवर्तन परियोजना मार्फत मंगलसेन नगरपालिका, पंचदेवल विनायक नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यक्रम संचालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button