आफ्नो बाटो रोक्न खोजे विकल्प खोज्ने : डा. भीम रावल

टेकराज भण्डारी, माघ ६, अछाम
नेकपा एमालेका नेता डाक्टर भीम रावलले आफु पाँच दशक लामो समयदेखि पार्टी र राष्ट्रहितका लागि आवाज उठाउँदै आएको बताउनु भएको छ । आफ्नो रगत र पसिना एमालेमा बगेको बताउँदै पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने नेता रावलको भनाई छ ।
आम निर्वाचन पछि अछाम आउनु भएका नेता रावलले रेडियो रामारोशनको रामारोशन चौतारीमा बोल्दै आफुले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरितका कुनै कार्य नगरेको स्पष्ट पार्नुभयो ।
आफु आम निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ बाट वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेशबाट एकल उम्मेद्धारमा सिफारिस भए पनि टिकट नदिएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिका कारण पटक पटक देशभक्त व्यक्तिमाथि प्रहार हुँदै आएको बताउनु भयो । आफु यसै पार्टीमा क्रियाशिल रहने भन्दै कसैले जवरजस्ती बाटो रोक्न खोजेमा आफुले पनि आफ्नो बाटो खोज्ने समेत बताउनु भयो ।
कसैले पनि विपरित सिद्धान्त र विचार भएका पार्टी तथा व्यक्तिसंग चुनावी गठबन्धन नगर्ने भन्दै नेपालका राजनीतिक दलले यसो गरेको र यसले अहिले नै सिद्धान्तहिन गतिविधि गरिरहेको नेता डाक्टर रावलको भनाई छ ।
सरकाले गरेको राम्रो कामको सधैँ प्रशंसा गर्ने भन्दै गलत कामको आलोचना गर्ने पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलको भनाई छ । सरकारका कतिपय मन्त्री स्वार्थ बाँझिने मन्त्रालयमा रहेको भन्दै यसले जनतामा सुशासनको अनुभूति नहुने बताउनु भयो ।
आफुले जहिले पनि राष्ट्रको हितमा आवाज उठाएको बताउँदै नेता रावलले देशभक्तीपूर्ण आवाजमा देशभरका राष्ट्रभक्ति नागरिकको साथ रहेको बताउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button