मालिका विकास संघ अछामको परिवर्तन परियोजनालाई निरन्तरता दिनुपर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाको भनाई ।।

मालिका विकास संघ अछामको परिवर्तन परियोजनालाई निरन्तरता दिनुपर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाले बताएका छन । मालिका विकास संघको परिवर्तन परियोजनाको पालिका स्तरिय अनुभव आदानप्रदान तथा नगरपालिका स्तरिय बहुसरोकारला मंच कार्यक्रमको अन्तक्रिर्या कार्यक्रममा सहभागी सरोकारवालाले यसको प्रभावकारीता बढेर गएकाले निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन । यो परियोजनाले पालिकाका वडा न १,२,३ र ४ वडाका महिलाहरूको नेतृत्व,ब्यक्तित्व र उद्यमशिलता विकासमा महत्त्वपूर्ण काम गरेको हुदा यश परियोजनाको अवधि सकिएपनि अब स्थानीय सरकारले यसलाई अनुसरण गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कार्यक्रममा सहभागी अधिकांश सरोकारवालाको भनाइ थियोे । पंचदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा न ३ कि लालिगुरास कृषक समुहकी अध्यक्ष शान्ति रोकायले मालिका विकास संघको परिवर्तन परियोजनाले समाजमा रहेका वास्तविक पछाडि पारेका महिलाहरूको नेतृत्व विकासमा निकै राम्रो काम गरेकाले यो कार्यक्रमलाई अन्य वडामा पनि विस्तार गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ । आफ्नो समुहका महिला दिदीबहिनी अहिले राजनीतिक रूपमा पनि सकृय हुन थालेकाले समाजमा जागरण ल्याउने काम भएको बताउनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख अम्बिका चलाउनेले यो कार्यक्रमले आफ्नो कार्य क्षेत्रमा निकै राम्रो काम गरेकाले यसलाई निरन्तरता दिने विषयमा कार्यपालिकामा छलफल गरिने उहाँको भनाइ छ । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मीले मालिका विकासका संघको परिवर्तन परियोजनाले आफ्नो पालिकामा राम्रो काम गरेको हुदा संस्थाको विज्ञतालाई आवश्यकता अनुसार स्थानीय सरकारले प्रयोग गर्ने विश्वास दिलाउनु भएको थियोे । कार्यक्रममा मालिका विकास संघका कार्यकारी निर्देशक कृष्ण बहादुर रावलले यो कार्यक्रमले नागरिकलाई सुसूचित पार्ने काम गरेकाले आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिन स्थानीय सरकारले पहल कदमी चाल्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा न १ का अध्यक्ष दुर्गा प्रसाद तिमिल्सिना, वडा न ७ का अध्यक्ष सुरत बहादुर रावल लगायतले मन्तव्य राख्नुभएको थियोे । मालिका विकास संघ अछामका परिवर्तन परियोजनाका कार्यक्रम संयोजक रतन बहादुर रावलले सहजिरकणा गर्नुभएको कार्यक्रमको संचालन हंसराज अधिकारीले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button