
अछाम : अछाममा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चौरपार्टी गाउँपालिका वडा नम्बर ४ बाट बन्दुकसहित एक जना पक्राउ परेका हुन्। उनको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन् ।
भरुवा बन्दुक मर्मतका लागि ल्याएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।
सिउडी प्रहरी चौकी अछामले नियन्त्रणमा लिएका उनलाई हातहतियार मुद्दामा अनुसन्धान थालिएको अछाम प्रहरीले बताएको छ ।