मंगलसेनमा परिवर्तन परियोजनाबारे छलफल

अछाम – मंगलसेन नगरपालिका जनप्रतिनिधिहरुले मालिका विकास संघको परिवर्तन परियोजनालाई निरन्तरता दिने विषयमा कार्यपालिकामा छलफल गर्ने प्रतिबद्धता जनाएका छन ।

संस्थाले परियोजना मार्फत संचालन गरेको सुशासन पाठशाला लगायतका कार्यक्रमहरु प्रभावकारी देखिएको हुदा यसलाई आगामी दिनमा कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा अब बस्ने कार्यपालिकाको बैठकमा छलफलको विषय बनाउने बताएका हुन ।


मालिका विकास संघको पालिका स्तरका सरोकारवाला संगको अन्र्तकृया कार्यक्रममा सहभागि जनप्रतिनिधि तथा अन्य सरोकारवालाले कार्यक्रमले कार्य क्षेत्रका वडाहरुमा राम्रो प्रभाव पारेको हुदा यसलाई अन्य वडामा कसरी बिस्तार गर्न सकिन्छ भन्ने विषयमा जनप्रतिनिधिहरु सकारात्मक देखिएका थिए ।


कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका कार्यबाहक नगर प्रमुख बृख बहादुर बोगटीले मालिका विकास संघले मंगलसेन नगरपालिकालाई विभिन्न किसीमले सहजिकरण गरिरहेको हुदा यसका गतिविधिले नगरपालिकालाई निकै सहज भएको बताउनुभयो । संघस्थाको परिवर्तन परियोजनाले कार्य क्षेत्रका ४ वटा वडामा राम्रो काम गरेको हुदा यसले महिलाहरुको नेतृत्व, व्यतिmत्व र उद्यमशिलता विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थालाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष खकेन्द्र बहादुर रावलले आफ्नो वडाका यो संस्थाले निकै राम्रो काम गरेको हुदा यसलाई निरन्तरता दिने विषयमा पालिकाले सोच्नुपर्ने बताउनु भएको छ । पारदर्शिता, जवाफ देयीता र उत्तरदायीत्वका बारेमा यो परियोजनाले ग्रामिण क्षेत्रका महिलाहरुलाई जानकार बनाएको भन्दै यस्ता कार्यक्रमले समाजमा राम्रो परिणमा दिने विश्वाश ब्यक्तगर्नुभयोे ।

अन्र्तकृया कार्यक्रममा सहभागि अन्य सरोकारवालाले पनि मालिका विकास संघको परिवर्तन परियोजनाका गतिविधि प्रभावकारी र परिणमा मुखी भएको हुदा यसलाई निरन्तरता दिने कुरामा नगरपालिकाले कञ्जुसाई गर्न नहुनेमा जोड दिएका थिए ।

मंगलसेन नगरपालिका वडा नम्बर ४, ५, १२, १४ का विभिन्न समुहमा आबद्द महिलहरुले मालिका विकास संघको परिवर्तन परियोजनाले आफ्नो वडामा प्रशंसनिय काम गरेको बताएका छन । उनिहरुका अनुसार पहिले दुईचार जना सहभागि भएको ठाउमा उठेर बोल्न नसक्ने महिलाहरु अहिले हरेक ठाउमा आवाज उठाउन सक्ने भएका छन् ।

वडा तथा नगरपालिका बाट दिईने सेवा, नागरिकको कर्तव्य लगायतका विषयमा आफ्नो समुहका सबै महिला दिदि बहिनी जानकार हुनुका साथै पालिकामा महिलाहरुलाई उद्यमी बनाउन विभिन्न किसीमका उद्योगहरु संचालन गरेको उनिहरुको भनाई छ । 

 ग्रामिण क्षेत्रका नागरिकहरु सशक्त भएमा नगरपालिकाको विकासमा ठुलो सहयोग पुग्ने भन्दै कार्य क्षेत्रका महिला दिदि बहिनीहरुमा निकै ठुलो परिवर्तन आएको मंगलसेन ४ का गठन भएको सुशासन पाठशालाकी सदस्य नृमला भुलको भनाई छ ।

मंगलसेन नगरपालिका कार्यबाहक नगर प्रमुख बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, मालिका विकास संघका कार्यकारी निर्देशक कृष्ण बहादुर रावल, मालिका विकास संघका सदस्य एकेन्द्र बहादुर बिक, १४ वटै वडाका वडा अध्यक्षहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतीनिधी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

परिवतैन परियोजनाका संयोजक रतन बहादुर रावलले सहजिकरण गर्नुभएको कार्यक्रमको संचालन मंगलसेनज नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button