भूकम्पको हल्लाले जुम्ला र मुगुका नागरिक रातभर सडकमा : हल्ला फैलाउनेको खोजी हुँदै

जुम्ला – जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि  स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् । जुम्ला सदरमुकामका केही बासिन्दाहरु घर बाहिर निस्केर आगो तापेर बसेका छन् । 

प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी गरिरहेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्प आउँदै छ भनेर हल्ला फैलाउँदा स्थानीय बासिन्दाले दु:ख पाएका बताउनुभयो । 

उहाँले यस्तो भ्रामक हल्ला फैलाउनेलाई कारबाही हुने बताउनु भएको छ । यस्तै, भूकम्प आउने पूर्व अनुमान पहिला नै गर्न नसकिने हुँदा यस्ता हल्लाको पछि नलाग्न पनि उहाँको आग्रह छ । 

‘भूकम्प आउँदै छ भन्ने हल्लाका कारण जिल्ला प्रशासन कार्यालयमा समेत फोन आइरहेको छ’ उहाँले भन्नुभयो – ‘रातभर फोन आएर हैरान भएको छ, यसरी अनावश्यक हल्ला चलाएर दु:ख दिनेलाई कारबाही हुन्छ, हल्ला फैलाउनेको खोजी भइरहेको छ । ’

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले पनि हल्ला फैलाउने व्यक्तिको खोजी भइरहेको बताउनु भएको छ ।उज्यालाेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button