
अछाम : मङ्गलसेन नगरपालिकाले नगरका १४ वटै वडामा सचेतनामूलक सडक नाटक देखाउने कार्यक्रमलाई अगाडि बढाएको छ । विशेषगरि घर परिवार समाजमा महिला माथि हुने विभिन्न किसिमका हिंसा न्यूनिकरणमा टेवा पु¥याउने, धारा, कुवा, पँधेरा, लेनदेनका विषयमा हुने सामान्य झै झगडाहरू वडा स्तरमा मिलापत्रको आधारमा टुंग्याउने उद्देश्यले सडक नाटक देखाउने कार्यक्रमलाई अगाडि बढाएको हो ।
समाजमा हुने यस्ता घट्ना न्यूनिकरणका लागि कसको भूमिका के रहन्छ भन्ने विषयमा आम सर्वसाधारण नागरिकलाई जानकार बनाउने तथा न्यायका लागि स्वयम् ब्यक्तिले गर्नुपर्ने कामका बारेमा जानकारी गराउने काम भइरहेको छ । न्यायिक समितिले नगर पालिकाका १४ वटै वडामा गठन भएका न्यायिक समितिका अधिकार, समाजमा हुने विभिन्न खालका झै झगडाहरू, समाजमा कसरी मिलापत्रको आधारमा टुंग्याउने र महिला हिंसा भएमा कुन निकायमा जाने भन्ने विषयमा सडक नाटक मार्फत जानकारी गराउने काम गरिरहेको न्यायिक समितका उजुरी प्रशासक नरेश बहादुर कठायतले बताउनुभयो ।
भइरहेकाले अब सभ्य समाज निर्माणका लागि यस्ता विकृति विसंगतीको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
यस्ता हिंसाले समाज पछि पर्ने भएको हुँदा अब सकारात्मक सोचका साथ अन्य राम्रा काममा जुट्नुपर्ने अध्यक्ष बोगटीले बताउनुभयो । घरेलु हिंसाको प्रमुख कारण मदिरा भएकाले पुरुष दाजुभाइहरूले यस्ता कुराबाट टाढै रहनुपर्ने उहाँको भनाई छ । वडा न ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने भएकाले यसलाई थप परिमार्जित सहित कार्यक्रम गर्न सुझाव दिनुभएको छ । वडा न ४ का दलित अगुवा मोती कामीको भनाई पनि उस्तै छ । घरपरिवार र समाजलाई सभ्यताको पहिचान दिनु छ भने समाजमा हुने यस्ता महिला हिंसा, जातीय छुवाछुत जस्ता विकृतिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन नरेश बहादुर कठायतले गर्नुभएको थियो । आइतबार मंगलसेन नगरपालिकाको वडा न ३ मा सडक नाटक प्रदर्शन गरिने भएको छ ।