अध्यक्ष युवा स्वराेजगार कार्यक्रमका लागि प्रस्ताव पेश गर्न आग्रह

शंकर थापा, अछाम : अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाले अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सुचना जारि गरेको छ ।


पालिकाले आज एक सुचना जारि गर्दै पालिका अन्तरगतका प्रत्यक वडाहरुका युवाहरुलाई प्रस्ताव पेश गर्न आग्रह गरिएको हो । गाउँपालिका अध्यक्ष यूवा स्वरोजगार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९÷८० को स्विकृत कार्यक्रम अनुसार अनुदान कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले पालिकामा दर्ता भएका ईच्छुक व्यवसायीहरुलाई प्रस्ताव पेश गर्न भनिएको छ ।


बिशेषगरि पालिका भित्रका समूह÷फार्म, कृषक तथा व्यवसायीहरुले अबको १५ दिन भित्र तोकिएको ढाँचा अनुशार आवेदन पेश गर्न गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बसन्त बहादुर रावलले जारि गर्नुभएको सुचनामा उल्लेख गरिएको छ ।



आरन संचालन अनुदान सहायताका लागी २ जना, व्यवसायीक बाख्रा पालक कृषक अनुदान सहायताका लागी १६ जना, व्यवसायीक भैंसी पालक कृषक अनुदान सहायता अन्तरगत १३ जनालाई अनुदान प्रदान गरिने छ ।

यसैबिच स्थानीय कुखुरा पालन प्रबर्द्धन अनुदान कार्यक्रमका लागी १ जना, नमूना बाख्रा फार्म निर्माण ३ जना, हेयर कटिङ्ग तालिम संचालन गरिने पालिकाले जनाएको छ । विस्तृत जानकारीको लागि पशु सेवा शाखामा सम्पर्क गर्न सकिने छ ।

हेर्नुहोस् थप जानकारिको लागि सुचना ।





Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button