
मंसिर ३०, २०७७ मंगलबार
दाङ – दाङको देउखुरीमा रोकिराखेको ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
दुर्घटनामा राप्ती गाउँपालिका वडा नम्बर ७ का २७ वर्ष अनिल चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गमा अन्तर्गत देउखुरी राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीमा रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो ।