तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्
फागुन २५, २०७९ बिहिबार ८:४३:३८ | उज्यालो सहकर्मीhttps://www.facebook.com/v8.0/plugins/share_button.php?app_id=292572400759574&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df1c2cb9db0fc408%26domain%3Dujyaaloonline.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fujyaaloonline.com%252Ff10e667006d79e8%26relation%3Dparent.parent&container_width=0&href=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F84348%2F2023%2F3%2F9%2F642-workers-of-tatopani-customs-are-in-trouble&layout=box_count&locale=en_US&sdk=joey&size=smallFacebookTwitterViberEmailPrintFriendlyShare
काठमाण्डाै – तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाएको गुनासो गरेका छन् ।
ज्याला नपाउँदा दैनिकी नै कष्टकर बनेको उनीहरुको गुनासो छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेबापतको ज्याला नपाउँदा ६ सय ४२ मजदुर समस्यामा परेका छन् । दैनिक मजदुरी गरी खानेलाई विभिन्न ट्रान्सपोर्ट कम्पनीले सामान पल्टी गरेबापतको ज्याला नदिँदा दैनिक गुजारा गर्नै मुस्किल भएको मजदुर डोमा शेर्पा बताउनुहुन्छ ।
दिनभर खटेर सामान ओसारपसार गर्ने तर बेलुका रित्तो हात घर फर्किन बाध्य भएको मजदुर मीनबहादुर श्रेष्ठ गुनासो गर्नुहुन्छ । अहिले तातोपानी नाकाबाट सामान आयात मात्रै हुन्छ । चीनबाट सीमित मात्रामा कन्टेनर भन्सारमा आउने हुँदा त्यसै पनि मजदुरहरूले भने जसरी काम गर्न पाएका छैनन् ।
दैनिक ज्याला मजदुरी गरी बिहान बेलुकाको घर खर्च जुटाउने मजदुरहरूको ज्याला दिन ट्रान्सपोर्ट कम्पनीले ढिलाइ गर्दा मजदुरहरूको दैनिक जीवन कष्टकर बनेको पासाङ शेर्पा बताउनुहुन्छ । दैनिक भन्सारमा आएर काम गर्ने तर रित्तो हात फर्किनुपर्ने बाध्यताको अन्त्य गर्न नेपाल भन्सार श्रमिक सङ्घका अध्यक्ष रवीन्द्र पौड्यालको माग छ।उज्यालो बाट