
आर्थिक मन्दीका कारण सुनसान बाँकेका बजार

आर्थिक मन्दीका कारण सुनसान बाँकेका बजार (तस्बिरसहित)
चैत ११, २०७९ शनिबार १३:५०:७ | न्युज एजेन्सी नेपालhttps://www.facebook.com/v8.0/plugins/share_button.php?app_id=292572400759574&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df8eeea8336c414%26domain%3Dujyaaloonline.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fujyaaloonline.com%252Ff33d72d1c04c404%26relation%3Dparent.parent&container_width=0&href=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F85125%2F2023%2F3%2F25%2Fdeserted-banke-market-due-to-economic-recession-&layout=box_count&locale=en_US&sdk=joey&size=smallFacebookTwitterViberEmailPrintFriendlyShare

बाँके – बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो । कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरुले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्यून हुँदै गएको हो ।

भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगञ्जको व्यापारले प्रतिष्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्य भन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण नेपालगञ्जको व्यापार कम हुँदै गएको व्यापारीहरु बताउँछन् । आर्थिक संकट बढ्दै गएका बेला सरकारले चासो नदिएको व्यापारीहरुको आरोप छ । आर्थिक मन्दीमा पनि सकरारले आवश्य चासो नदेखाउँदा व्यापार धराशायी भएको व्यापारी सुनिल गुप्ताले बताउनु भयो ।


उहाँले अनलाइन व्यापार र सरकारको नीतिकै कारण व्यापार न्युन हुँदै गएको भन्दै विगतका वर्षमा व्यापारको तुलनामा यो वर्ष व्यापार नभएपछि समय काट्न पनि समस्या भएको बताउनु भयो । खुला सीमा र भारतीय बजारबाट क्यारिङ गरेर मालवस्तु नेपाल भित्र्याउने चलनले नेपालगञ्ज र कोहलपुरको व्यापारमा कमी आएको नेपालगञ्जकी महिला व्यवसायी माया खड्काले बताउनु भयो ।

उहाँले अहिलेसम्म धेरै नै घाटा भइसकेको भन्दै सिमानामा कडाई गर्नुपर्ने माग गर्नुभयो । आर्थिक संकट बढ्दै जानु र व्यापारीहरुलाई एलसी सिस्टमबाट गएर सामान आयात गर्नुपर्ने झन्झटले गर्दा नेपालगञ्जको व्यापारको स्थिति निकै कमजोर हुँदै गएको उनीहरुको गुनासो छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जको व्यापार व्यवसाय अत्यन्तै कम हुँदै गएको बताउनु भयो । उहाँले नेपालगञ्जको व्यापार कम हुनुमा बैंकहरुले व्यवसायीहरुबाट चर्को ब्याज लिनु र विकास निमार्णका कार्यहरु ठप्प हुनु रहेको बताउनु भयो ।
व्यापारीहरुले लिएको कर्जामा बैंकहरुले एक्कासि दोब्बरको हिसावले ब्याज नबढाएर सहुलियत दरमा ब्याज लागाइनुपर्ने र अनलाइन व्यापार खुला सीमानामा सरकारले कडाई गर्नुपर्ने व्यापारीहरुको माग छ ।






