निर्धन उत्थान लघु वित्त वित्तिय संस्थाद्धारा भुकम्प पिडीत लाई राहत वितरण ।

निर्धन उत्थान लघु वित्त वित्तिय संस्थाले भुकम्प पिडीतहरुलाई राहत वितरण गरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर ६ र ७ का २५ जनालाई तीन हजारका दरले आज वितरण गरिएको हो ।

ठुलासेनमा एक कार्यक्रमको आयोजना गरि भुकम्पले आंक्षिक क्षती भएका परिवारलाई जनप्रतिनिधी तथा अन्य सरोकारवालको रोहवरमा राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी भण्डारी द्धारा पीडितलाई राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा बोल्दै उहाँले निर्धन उत्थान लघु वित्त वित्तिय संस्थालाई धन्यवाद दिएका छन् । गरिव दिन दुखीहरुका लागी यस संस्थाले महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा पनि यस्तै परोपकारी कामको अपेक्षा समेत अध्यक्ष भण्डारीले गरेका छन ।

वडा नम्बर ६ मा जम्मा भुकम्पले १०५ भन्दा बढी घरहरुमा आंक्षिक क्षती भएको र ७ वटा घरमा पुर्ण क्षति भएको भन्दै उहाँले राहतका लागी नगरपालिका तथा प्रदेश सरकार सम्म उक्त विवरण पठाएको बताएका छन् ।

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष राज बहादुर शाही विशिष्ट अतिथी रहेका थिए । अन्य अतिथीहरुमा वडा नम्बर ६ का निर्वमान अध्यक्ष जनकराज भण्डारी, वडा सदस्य जन्मराज भण्डारी, नेपाली काँगे्रस नगर उपसभापती हेमराज भण्डारी लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button