
नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २ लाख ५० हजार नाघ्याे
सक्रिय सङ्क्रमित ९८८१ जना
मंसिर ३०, २०७७ मंगलबार
काठमाण्डाै – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या दुई लाख ५० हजार नाघेकाे छ । पछिल्लाे २४ घण्टामा थप नाै सय ३६ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या दुई लाख ५० हजार एक सय ८० पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै, पछिल्लाे २४ घण्टामा एक हजार नाै सय ९६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या दुई लाख ३८ हजार पाँच सय ६९ पुगेकाे छ ।
गएको २४ घण्टामा सात हजार एक सय १७ जनाको पीसीआर परीक्षण भएको हाे । अहिले नेपालमा ९ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् भने चार सय ५७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएकाे छ ।
पछिल्लाे पटक कोरोना भाइरसको सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३० पुगेको छ ।